उपभोगमा धेरै ऋण प्रवाह, कृषिमा बैंकिङ लगानी घट्दै « Khabarhub

अर्थ

उपभोगमा धेरै ऋण प्रवाह, कृषिमा बैंकिङ लगानी घट्दै


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – असोज मसान्तसम्म नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा ६६ खर्ब ६० अर्ब बचत छ भने ५२ खर्ब ५३ अर्ब रुपैयाँ ऋण लगानी भएको अवस्था छ । बैंकहरूले पछिल्लो समय गरेको कुल ऋण लगानीमा कृषि तथा वन क्षेत्रको हिस्सा घटाउँदै लगेका छन् ।

आर्थिक सर्वेक्षण, २०८० अनुसार गत आवमा नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको २४.०९ प्रतिशत योगदान रहने अनुमान गरिएको थियो । राष्ट्रिय कृषि गणना, २०७८ अनुसार नेपालमा ३९ लाख ९९ हजार परिवारले खेतीपाती र एक लाख ३२ हजारले पशुपंक्षी पाल्ने गर्छन् । सोही गणनाअनुसार ४५ प्रतिशत परिवारलाई आफ्नै उत्पादनबाट वर्षभर खान पनि पुग्ने गरेको छ ।

तर, अर्थतन्त्रमा ठूलो हिस्सा ओगटेको र अधिकांश नेपालीको जीवनसँग जोडिएको कृषि क्षेत्रमा भने बैंकहरूले पछिल्लो तीन महिनामा १६ अर्ब २४ करोड रूपैयाँले ऋण लगानी घटाएका छन् । पछिल्ला वर्षहरूको तथ्याङ्क हेर्दा पनि कृषि क्षेत्रमा जोडिएको अर्थतन्त्र र जनसंख्याको हिस्साको अनुपातमा ऋण लगानी बढेको देखिँदैन ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार आर्थिक वर्ष ०७८/७९ को असार मसान्तसम्म बैंकहरूले कृषि तथा वन क्षेत्रमा तीन खर्ब ३६ अर्ब १८ करोड ७० लाख रूपैयाँ बराबर ऋण प्रवाह गरेका थिए । अर्को आर्थिक वर्ष ०७९/८० मा सो ऋण ९.९५ प्रतिशतले वृद्धि भएर तीन खर्ब ६९ अर्ब ६२ करोड ७० लाख रुपैयाँ पुगेको थियो ।

तर, गत वर्षको असार मसान्तसम्म आइपुग्दा भने सो ऋण १.५५ प्रतिशतले घटेर तीन खर्ब ६३ अर्ब ८८ करोड ७० लाखमा सीमित भएको थियो । चालु आर्थिक वर्ष लागिसकेपछि पनि कृषि तथा वन क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूले गर्ने लगानीलाई थप घटाउँदै लगेको तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्कअनुसार बैंकहरूले प्रवाह गर्ने कृषि क्षेत्रको गैरखाद्य उत्पादनमा भने ऋण प्रवाह केही प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकहरूले कृषि क्षेत्रको गैरखाद्य उत्पादनमा आठ खर्ब ५७ अर्ब ७२ करोड ३० लाख रुपैयाँ लगानी गरेकोमा चालु आर्थिक वर्षको भदौ मसान्तसम्म सो क्षेत्रको ऋण लगानीमा वृद्धि भएर आठ खर्ब ६७ अर्ब ३४ करोड ७० लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूले चालु आर्थिक वर्षको भदौ मसान्तसम्म माछापालनको क्षेत्रमा १६ अर्ब २७ करोड रुपैयाँ ऋण प्रवाह गरेको तथ्याङ्कले देखाएको छ ।

ऋणको सबैभन्दा ठूलो हिस्सा उपभोगमा

केन्द्रीय बैंकको तथ्याङ्कअनुसार नेपालको बैंकिङ क्षेत्रले प्रवाह गरेको ऋणको सबैभन्दा ठूलो हिस्सा उपभोगमा जाने गरेको देखिएको छ ।

चालु आर्थिक वर्षको भदौ मसान्तसम्म बैंक तथा वित्तीय क्षेत्रले उपभोग क्षेत्रमा १० खर्ब २५ अर्ब पाँच करोड ५० लाख रूपैयाँ लगानी गरेका छन् । जुन लगानी लघुवित्त र सहकारी क्षेत्रको तथ्याङ्क बाहेकको हो ।

त्यस्तै, बैंक तथा वित्तीय क्षेत्रले दोस्रो ठूलो ऋण प्रवाह खुद्रा तथा होलसेल व्यापारीलाई गरेका छन् । सो क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूले १० खर्ब ११ अर्ब ६४ करोड ४० लाख रुपैयाँ लगानी गरेका छन् ।

बैंकहरूले भदौ मसान्तसम्म विद्युत, ग्यास र पानीको क्षेत्रमा तीन खर्ब भन्दा धेरै, निर्माणको क्षेत्रमा दुई खर्ब भन्दा धेरै, वित्त, बीमा र जग्गाको क्षेत्रमा झण्डै चार खर्ब र पर्यटनको क्षेत्रमा दुई खर्ब रुपैयाँभन्दा धेरै लगानी गरेका छन् ।

तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाहरूले सो अवधिसम्म ५२ खर्ब २६ अर्ब ८२ करोड दुई लाख रूपैयाँ ऋण प्रवाह गरेका थिए ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ६ : ३७ बजे

जलनका बिरामी बढ्दै, उपचार विस्तार भए पनि जनशक्ति अभाव चुनौती

काठमाडौँ – गर्मी तथा हावाहुरीको मौसम सुरु भएसँगै नेपालमा आगलागीका

अनधिकृत संरचना हटाउँदा मानवीय संवेदना पहिलो प्राथमिकता : सुनिता डंगोल

काठमाडौँ– काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक जग्गा संरक्षण

भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट पाँच

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन (तस्बिर)

काठमाडौँ– सरकारले काठमाडौँ उपत्यकाका बागमती र मनोहरा नदीकिनार अतिक्रमण गरी