धार्मिक पर्यटकका लागि तीन करोडको लागतमा बन्यो ‘आश्रम भवन’ « Khabarhub

धार्मिक पर्यटकका लागि तीन करोडको लागतमा बन्यो ‘आश्रम भवन’


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतको महाशिला गाउँपालिका–५ लुंखुदेउरालीस्थित प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल महाशिला क्षेत्रमा आउने धार्मिक पर्यटकलाई लक्षित गरी ‘आश्रम भवन’ निर्माण गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा तीन करोड २० लाख रुपैयाँ लागतमा भवन निर्माण गरिएको हो ।

विसं २०७८ भदौदेखि निर्माण सुरु भएको भवन हालै सम्पन्न भएको हो । तीन तला भएको पक्की भवनमा १७ वटा कोठा रहेका छन् । जसमा तालिम, गोष्ठि तथा सेमिनारका लागि हल, योग तथा साधना गर्नेका लागि समेत कोठा निर्माण गरिएको जनाइएको छ ।

महाशिलाको दर्शन तथा अध्ययन, अवलोकनका लागि स्वदेश तथा विदेशबाट आउने पर्यटकको सुविधाका लागि भवन निर्माण गरिएको महाशिला धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष पुष्पराज पौडेलले बताए । आश्रम भवनको सबैजसो काम  सकिएको जनाइएको छ ।

चालु आर्थिक वर्षमै भवनबाट सेवा सञ्चालनका लागि एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भइसकेको जनाइएको छ । भवनमा एक पटक ५० जनाभन्दा व्यक्ति बस्न सक्ने अध्यक्ष पौडेलले जानकारी दिए। आश्रम आउने पर्यटकलाई निःशुल्क बस्ने र खाने सुविधा उपलब्ध गराइनेछ ।

लुुंखुदेउरालीमा पक्की मोटरबाटोको सुविधा पुगेकाले पनि पोखरा, स्याङजा, गुल्मी, बुटवल, पाल्पालगायतका स्थानबाट पछिल्लो समय पर्यटक आउने क्रम बढेको स्थानीय सरस्वती अधिकारीले बताइन् । महाशिला हिँडेर एक पटक परिक्रमा गर्दा १० मिनेटभन्दा बढी समय लाग्ने उनले बताइन् ।

यहाँ एकादशी, बालाचतुर्दशी, शिवरात्रि, रामनवमी, अक्षयतृतीयालगायतका अवसरमा मेला लाग्ने गर्दछ ।

महाशिला गाउँपालिकाको नामाकरण पनि यही शिलाको नामबाट नामाकरण गरिएको हो । एक सय ३० मिटर अग्लो शिला झण्डै दश रोपनी क्षेत्रफलमा फैलिएको छ । शिला परिसरमा विभिन्न संरचना निर्माणका लागि स्थानीयले निःशुल्क जग्गा समेत दान गरेका छन् । अहिले शिलाको स्वामित्वमा झण्डै २० रोपनी क्षेत्रफल रहेको अध्यक्ष पुष्पराज पौडेलले बताए ।

महाशिला गाउँपालिकाले यसको विकासका लागि ७० करोड रुपैयाँको गुरुयोजना समेत बनाएको छ । गुरुयोजना अनुसार कामहरू अघि बढाउँदै लगिएको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ५ : १३ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको