सीआईबी पार्टी कार्यालय पुगेपछि रास्वपाले भन्यो, ‘सुरक्षाकर्मीलाई सहयोग गर्नू, अवरोध नगर्नू’  « Khabarhub

सीआईबी पार्टी कार्यालय पुगेपछि रास्वपाले भन्यो, ‘सुरक्षाकर्मीलाई सहयोग गर्नू, अवरोध नगर्नू’ 


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


894
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पक्राउ गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको सूचना आएपछि प्रहरीको टोली पार्टी कार्यालय चमतीमा पुगेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोसीआईबीको टोली रास्वपा पार्टी कार्यालय पुगेको हो ।

सीआईबीका एसपी होबिन्द्र बोगटीसहितको सीआईबी टोली त्यहाँ पुगेको नेताहरूको भनाइ छ ।

त्यहाँ प्रहरी पुगेपछि रास्वपाका एक नेताले सुरक्षाकर्मी लाई कुनै पनि अवरोध नगर्न भनेका छन् ।

ती नेताले उपस्थित सर्वसाधारण र नेतालाई सुरक्षाकर्मीलाई आफ्नो डिउटी निभाउन दिनुपर्ने बताए ।

ती व्यक्तिले भने, ‘अनुशासित भएर प्रहरीलाई सहयोग गर्नुहोला । कसैले पनि हस्तक्षेप नगर्नुहोला ।’

हेर्नुहोस् तस्बिरहरु : 

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ५ : ४१ बजे

रास्वपा सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सहिद लखन र इच्छाकामनालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।

भोटेकाेशी बाढी : जलवायुको मूल्य कसले चुकाउने ?

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पानीको सतह

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका