मनकामना केबलकार आजदेखि नियमित सञ्चालनमा « Khabarhub

मनकामना केबलकार आजदेखि नियमित सञ्चालनमा


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

मुग्लिन– मनकामना केबलकार पुनः नियमित सञ्चालनमा आएको छ । मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनका अनुसार मर्मत सम्भारका लागि गत असोज २९ गतेदेखि यही कात्तिक १ गतेसम्म बन्द गरिएको केबलकार आजदेखि नियमित सञ्चालनमा आएको हो ।

उक्त अवधिभर मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने काम भएको प्रबन्धक शेरचनले बताए । गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो ।

केबलकारको प्रवेशद्वार बटम स्टेसन भने चितवनको  इच्छकामना गाउँपालिका ४ चेरेसमा छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ६ : ५२ बजे

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री मेहता

धनुषा– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत

कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा

एजेन्सी– उत्तर कोरियाले दक्षिण कोरियामाथि व्यापक सैन्य आक्रमण गरेको कथावस्तु

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

राँझा– जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७

इजरायलमा चुनावअघि नेतान्याहू सरकारविरुद्ध हजारौँको प्रदर्शन

काठमाडौँ– इजरायलमा संसदीय निर्वाचन हुनुभन्दा तीन दिनअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको

दसैंमा कालीमाटीमा २८ लाख किलो कृषि उपज भित्रियो, हरियो तरकारी सबैभन्दा धेरै

काठमाडौं – दसैंको मुख्य अवधिमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी