कठिन बन्दै मध्यपूर्वमा शान्ति स्थापना | Khabarhub Khabarhub

कठिन बन्दै मध्यपूर्वमा शान्ति स्थापना


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

याया सिनावरको मृत्यु हमासका लागि गम्भीर धक्का हो। तर, यसको मतलब यो होइन कि अब इजरायल युद्धको अन्त्य हुनेछ। सिनावरको मृत्युको बाबजुद युद्धमा सम्मिलित तीन पक्षले आफ्नो अडान छाडेका छैनन्। बन्दीको रिहाइ इजरायलको प्रारम्भिक सर्त हो। हमासले इजरायलले प्यालेस्टाइन पूर्ण रूपले छाड्ने सर्त राखेको छ। इजरायल अझै सो सर्त मान्नमा तयार छैन। गाजमा युद्ध रहेसम्म हिजबुल्लाहले इजरायल विरुद्धको युद्ध नछाड्ने बारम्बार जनाइसकेको छ।
तस्बिरमा देखाइए अनुसार विमान आक्रमणबाट उनको ज्यान गएको थिएन। कम्ब्याटमा रहेको उनको शव भत्किएको भवनको मुनी च्यापिएको अवस्थामा फेला परेको थियो। सिनावर मारिएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहले आफूहरूको विरुद्धमा लाग्नेलाई जसरी पनि हराउने कुरा पुष्टि भएको बताए। तथापि उनले पनि युद्ध अन्त्य नभइसकेको घोषणा गरेका छन्।

नेतान्याहुले हमासलाई सैन्य र राजनीतिक शक्तिको रूपमा निस्तेज पार्दै बन्दीलाई फिर्ता गरेपछि मात्र युद्ध अन्त्य हुने घोषणा गरेका छन्। ७ अक्टोबर २०२३ पछि सुरु भएको युद्धले एक वर्ष नाघेको छ। हमासमा नेता मारिने क्रम जारी रहे पनि नेतान्याहुले भनेको जस्तै हुने कुनै लक्षण देखिएको छैन। यस बिचमा गाजामा ४२ हजार भन्दा बढीको ज्यान गएको छ भने लाखौँ जना घर छाड्न बाध्य भइसकेका छन्।

यसका बाबजुद हमासले न नत बन्दी रिहाइ गरेको छ। नत इजरायलको विरुद्धमा आक्रमण छाडेको छ। समय समयमा केही व्यक्तिलाई मारी नै रहेको छ।

गाजा क्षेत्रको खान युनिस शरणार्थी शिविरमा सन् १९६२ मा सिनावरको जन्म भएको थियो। सन् १९४८ मा भएको इजरायल युद्धपछि उनको परिवार लखेटिएको थियो। अहिले एस्केलेन भन्ने स्थानबाट उनको परिवार गाजामा पुगेको थियो। सन् २०११ मा इजरायली सेना गिलाड सिलादलाई छुटाउने क्रममा इजरायलले एक हजार बन्दी रिहाइ गरेको थियो। यी नै मध्येका एक सिनावर पनि हुन्।

गत वर्ष भएको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो भने धेरै सङ्ख्यामा बन्दी बनाइएको थियो। यसैमा प्यालेस्टाइनमा खुसीयाली मनाइएको थियो। धेरैले यसलाई नाजी प्रलयको संज्ञा दिइएको थियो। आफू जेलबाट छुटेपछि नै सिनावरले बन्दी बनाइनुको अर्थ बुझेका थिए। अझै १०१ इजरायली बन्दी हमासको कब्जामा छन्। यी नै मध्येको आधा जसो मारिइसकेको अनुमान गरिएको छ।

बन्दीका आफन्त लगातार युद्ध विराम र रिहाइको माग गरिरहेका छन्। अहिले नेतान्याहु इजरायली सरकार विरुद्धमा भ्रष्टाचारको आरोप लाग्न सक्ने चिन्ताले समेत ग्रसित भएर युद्धमा चासो दिइरहेको अनुमान समेत हुन थालेका छन्।

उनले यो आरोपमा कुनै सत्यता नभएको बताउँदै हमासको अन्त्यले मात्र इजरायलले पूर्ण सुरक्षाको प्रत्याभूति गर्न सक्ने बताएका छन्।

गाजामा रहेका प्यालेस्टाइनीको पनि युद्धलाई निरन्तरता दिने सोच छ। उनीहरूको विचारमा हानिए या सिनावर कुनै व्यक्तिमा अडेको छैन।

प्यालेस्टाइनीको मतमा यो युद्ध नयाँ होइन, सय वर्ष भन्दा अघिको हो। युद्ध सिरिया र यमनसँग पनि सरोकार राख्ने उनीहरूको मत छ।

सन् १९१९ देखि प्यालेस्टाइनी र यहुदीबिचको युद्धको अहिले पनि निरन्तरता पाएको उनीहरूको मत छ। सन् १९९० यता इजरायलले मारे पनि हमासले उत्तराधिकारी नपाएको होइन तसर्थ युद्धले अझै निरन्तरता पाउने कुरामा कमै शङ्का गर्ने ठाउँ छ।

राजनीतिक विश्लेषकका अनुसार सिनावरको हत्या कुनै नियोजित अपरेसन या कुनै इन्टलीजेन्सको सहयोगमा भएको होइन। रफाहामा दुई पक्षका तीन सैनिक भिड्दा सिनावर मारिएका हुन्।

सिनावरको उत्तराधिकारी
क्याम्ब्रिज विश्वविद्यालयका मध्यपूर्वको सम्बन्धका प्राध्यापक रोक्सान फरमनमाराइनकै विचारमा सिनावरको भन्दा कडा विचार लिएर अर्को नेतृत्व स्थापित हुन सक्छ। वार्ता विशेषज्ञको रूपमा पहिचान बनाएका हमासका पूर्व राजनीतिक निर्देशनालय प्रमुख खालेद मेसाल हमासका प्रमुख हुन सक्छन्।

एक दशक अघि हमासको नेतृत्व तहमा रहेका उनी राजनीतिक ब्युरोमा सन् २००६ देखि छन्। सिरियाका राष्ट्रपति बसार अल असादलाई विगतमा गरेको सहयोगका कारण विरोध पनि हुनसक्छ।

युरोपियन काउन्सिल फर फरेन अफेयर्सका अनुसार हमासको सैन्य शक्ति विस्तारमा ठुलो भूमिका रहेका मोहम्मद अल जाहर अर्को सम्भाव्य व्यक्ति हुन्।

सन् २००६ मा प्यालेस्टाइन विधायकमा निर्वाचित उनी हमासले निर्वाचनमा सफलता हात पारे पछि पहिलो विदेशमन्त्री समेत भएका थिए। सन् १९९२ देखि २००३ सम्म हमासले धेरै पटक उनलाई मार्न खोजेपछि सफलात हात लागेको थिएन।

प्यालेस्टाइनी इस्लाम भातृत्वको स्थापना गरेका उनी माउसा अबु माउरुजाकले नै हमास स्थानीयमा जिम्मेवारी निर्वाह गरेका थिए।

सन् १९९० मा हमासको राजनीतिक ब्युरोका प्रमुख भएका उनलाई इजरायलले आतङ्ककारी गतिविधिमा संलग्न भएको आरोप लगाएको थियो।

मोहम्मद डाइफ भने जिउँदो या मृत भन्नेमै शङ्का छ। इजरायलले आक्रमणमा मारिएको जनाएपछि नै अगस्ट महिनामा हमासले उनी जिउँदो रहेको कुरा सञ्चार माध्यममा राखेको थियो।

उनी हमासको सैन्य शाखा इज अल डिन अल कासाम ब्रिगेडको सन् २००२ देखि अहिलेसम्म कमान्डर छन्। हार्ड लाइनर उनी सन् २०२१ देखि भने माथिल्लो तहका कमान्डरमा बढुवा भएका थिए। हमासको मुख्य हतियार कासाम रकेट बनाउने काम पनि उनैको हो।

कतारमा रहेको हमासको राजनीतिक ब्युरोका प्रमुख खालिल अल हैयाले दोहामा भएको युद्ध विराममा वार्ता टोलीको नेतृत्व गरेका थिए। युरोपियन काउन्सिल फर फरेन रिलेसनका अनुसार सन् २०१४ मा इजरायलसँग भएको वार्ता टोलीको सदस्य उनलाई युद्ध विरामका लागि अमेरिकाले समेत पछ्याएको छ। उनी अहिले दोहामा नै बसोबास गरिरहेका छन्।

हमास प्रमुख इस्माइल हानिए मारिएपछि उनको उत्तराधिकारीको रूपमा पनि हैयाको चर्चा भएको थियो। अप्रिलमा उनले एक अन्तरवार्तामा सन् १९६७ कै सीमा अनुसार स्वतन्त्र प्यलेस्टाइनी राज्य हुने सर्तमा हमासले युद्ध छाड्न सक्ने बताएका थिए। सन् २००७ मा गाजामा भएको हवाई आक्रमणमा उनको परिवारका सबै सदस्य मारिए पनि उनी एक्लो बाँचेका थिए।

युद्ध विराममा अझ बाधक बन्नसक्छ नेतान्याहुको दम्भ
सिनावरको मृत्युपछि जर्मनीमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्ध विरामको बाटो खुला भएको जनाएका छन्। लामो समयदेखि हमासका नेता मारिनेक्रम जारी थियो। यसले पछिल्लो समय सिनावरको निर्णय सामूहिक भन्दा पनि एकल रहँदै आएको थियो। युद्ध विरामको पहिलो आधार हमासको अबको नेतृत्वमा निर्भर रहने छ। सिनावरको उत्तराधिकारीको रूपमा रहेकाहरू कोही हार्ड लाइनर छन् भने कोही वार्तालाई प्रश्रय दिने खालका छन्। विगतमा इजरायली विदेशमन्त्री युसुफ गालान्टले नेतान्याहुले प्यालेस्टाइन कब्जा गर्ने मनसायको आलोचना गरेका थिए।

यो समस्या इजरायल र हमासको मात्र होइन। यसमा चासो यूएई, इजिप्ट, कतार, सिरिया, जोर्डन र यमनको पनि हो। एक राजनीतिक विश्लेषकका अनुसार नेतान्याहुका लागि वार्ता गर्ने यो सबै भन्दा राम्रो अवसर हो। तर उनी अझै डगमग भएका छैनन्। सबै छिमेकीसँग सम्बन्ध सुमधुर बनाउने अवसर पनि इजरायलले नपाएको होइन।

तेल अभिभ विश्वविद्यालयकी प्राध्यापक युजी रभीका अनुसार नेतान्याहुमा यसले थप अं हकार पनि पलाउन सक्छ। अमेरिका लगायत आफ्नो सहयोगीको असहमतिका बाबजुद उनी युद्धमा प्रेरित थिए। सिनावरको मृत्युपछि सबैका सामु आफ्नो निर्णय पुष्टि भएको दम्भ उनीमा अझै पलाउन सक्ने रभीको मत छ। अर्कोतर्फ हिजबुल्लाहका माथिल्लो तहका नेता पनि मारिनेक्रम जारी छ। यसले नेतान्याहुलाई अझ दरिलो बनाउँदै लगेको छ।
स्रोतः द हिल, अल जजिरा, सिएनएन, बिबिसी

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ८ : ५७ बजे

बाँकेमा धान उत्पादन बढ्ने प्रक्षेपण

नेपालगञ्ज– बाँकेमा यस वर्ष धानको उत्पादन बढ्ने प्रक्षेपण गरिएको छ

रामग्राम स्तूपमा पर्यटकको चहलपहल

नवलपरासी- जिल्लाको रामग्राम‐७ स्थित रामग्राम स्तूपमा आन्तरिक तथा बाह्य पर्यटकको

वीरगञ्जको घडीअर्वा पोखरीमा छठको तयारी थालियो

वीरगञ्ज – वीरगञ्जको घडीअर्वा पोखरीमा आसन्न छठपर्वको तयारी थालिएको छ

रवि लामिछाने पक्राउको विरोधमा पोखरामा प्रदर्शन

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ

गाजाको शरणार्थी शिविरमा इजरायली आक्रमण, ३३ जनाको ज्यान गयो 

काठमाडौं– उत्तरी गाजाको शरणार्थी शिविरमा भएको इजरायली हवाई आक्रमणमा परी