माओवादी पार्टीहरूको एकता चाँडै टुङ्गोमा पुग्छ : प्रचण्ड  | Khabarhub Khabarhub

माओवादी पार्टीहरूको एकता चाँडै टुङ्गोमा पुग्छ : प्रचण्ड 


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

चितवन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीहरूको एकतालाई चाँडै टुङ्गोमा पुर्‍याउने बताएका छन् ।

चितवनको भरतपुर–१३ मा माओवादीका बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणका लागि आयोजित जनसांस्कृतिक कार्यक्रम सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले एउटै ‘स्कुलिङ’बाट आएर अहिले विभिन्न भंगालोमा रहेका माओवादीहरू एकताबद्ध हुँदै समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्ने बेला आएको बताए । 

आफूहरू शान्ति–सम्झौतामा आउँदा गणतन्त्रमा जाने सहमति भए पनि त्यसलाई जनताको गणतन्त्र बनाउने वा दलालहरूको गणतन्त्र बनाउने भन्ने विषयमा कुनै विन्दुमा पुगेर सङ्घर्ष हुन्छ भन्ने विश्लेषण गरिएको उल्लेख गर्दै उनले अब त्यो विन्दु आएको बताए । 

अध्यक्ष प्रचण्डले आम जनतालाई एकताबद्ध गराउँदै समाजवादी क्रान्ति पूरा गर्ने पनि बताए । 

उनले पछिल्लोपटक आफूले सरकारको नेतृत्व गर्दा सहिदको नामावली राजपत्रमा प्रकाशन गर्ने, जनयुद्धलाई राष्ट्रिय दिवस घोषणा गर्ने र शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउनेलगायतका ऐतिहासिक काम गरिएको उल्लेख गर्दै सहिद र योद्धाको स्मरणमा विभिन्न प्रतिष्ठानहरू बनाएर अघि बढ्ने बताए ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ३ : १७ बजे

सरकारले बालबालिकालाई खुवाउन लागेको आयुर्वेदिक थोपा के हो ?

आधुनिक चिकित्सा विज्ञानको सुरुवातसँगै ओझेलमा परेको हाम्रो पौराणिक आयुर्वेदिक उपचार

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका करार कर्मचारीलाई निकालिएपछि संगठनको आपत्ति, तत्काल काममा फर्काउन माग

काठमाडौं- अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (नयाँ बानेश्वर) र गोदावरीस्थित सनराइज सम्मेलन

व्यासको चिस्यान केन्द्रमा निःशुल्क आलु भण्डारण

तनहुँ– जिल्लाको व्यास नगरपालिका–११ स्थित गैह्राबारीमा निर्माण गरिएको चिस्यान केन्द्रमा

समाजलाई अगाडी बढाउन महिलाको विशेष भूमिका रहेको छ : उपप्रधानमन्त्री सिंह 

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजलाई अगाडी

कांग्रेस-एमालेलाई रञ्जिताको साथ, सरकारलाई समर्थन गरेपछि पुग्यो दुईतिहाइ

काठमाडौँ- उपसभामुख इन्दिरा राना मगरलाई हटाउने कसरतमा नागरिक उन्मुक्ति पार्टीकी