सवारी दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु « Khabarhub

सवारी दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं झापामा शनिबार भएको सवारी दुर्घटनाका एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

झापा कमल गाउँपालिका ५ स्थित रबि पेट्रोलपम्प अगाडि पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको प्र– १–०१–००१ ख ३४३५ नम्बरको बसले विपरित दिशाबाट आँउदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोरङ केराबारी गाउँपालिका ७ का पदम मुकारुङ राई रहेको प्रहरीले जनाएको छ । घटनापछि आक्रोशित स्थानीयले बसमा तोडफोड गर्नुका साथै आगजनी गरेका छन् ।

घटनापछि मृतकको शव सडकमै राखेर स्थानीयले विरोध जनाएका थिए जसका कारण पूर्व पश्चिम राजमार्ग केहीबेर अवरुद्ध भएको थियो ।

 

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ५ : ०२ बजे

क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू

काठमाडौं – मध्यपुर थिमिको संस्कृति र सम्पदाको संरक्षण र प्रवर्द्धन

म्याच डे ४ः जापानले नेदरल्यान्ड्सलाई हराउन सक्ला ?

काठमाडौं – विश्वकप २०२६ अन्तर्गत ‘म्याच–डे ४’मा आइतबार नेदरल्यान्ड्सले एसियन

इरानले भन्यो : अमेरिकासँगको सम्झौतामा आइतबार हस्ताक्षर हुँदैन

काठमाडौं – इरानले अमेरिकासँगकाे प्रस्तावित शान्ति सम्झौतामा आइतबार हस्ताक्षर नहुने

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौं – सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

भारत–नेपाल सीमापार रेल परियोजनाबारे काठमाडौंमा उच्चस्तरीय बैठक

काठमाडौं- भाररत र नेपालबीच सञ्चालनमा रहेका सीमापार रेलमार्ग परियोजनाको प्रगति