सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ६५ हजारमा कारोबार « Khabarhub

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ६५ हजारमा कारोबार


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेसँगै मूल्यले नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

शुक्रबार तोलामा १ लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार आइपुग्दा १ लाख ६५ हजार पुगेको हो ।

शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार ९५ रुपैयाँले बढेर २ हजार ७५ रुपैयाँ कायम भएको हो ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ११ : १३ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर