पोखरामा रास्वपाको प्रदर्शन, सरकारविरुद्ध नारावाजी « Khabarhub

पोखरामा रास्वपाको प्रदर्शन, सरकारविरुद्ध नारावाजी


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा पोखरामा प्रदर्शन भएको छ ।

जिल्ला अदालत कास्की आसपासको क्षेत्रमा ठूलो सङ्ख्यामा उपस्थित रास्वपाका नेता–कार्यकर्ताले आँखामा कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले भ्रष्ट सरकार मुर्दावाद, केपी ओली मुर्दावाद, राजनीतिक प्रतिशोध साध्ने सरकार चाहिँदैन । रवि दाइ, हाई हाई लगायत नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् ।

लामिछानेलाई केहीबेरमा जिल्ला अदालत कास्कीमा पेस गरिँदैछ । उनलाई सहकारी ठगी तथा सङ्गठित अपराधमा शुक्रबार प्रहरीले पार्टी कार्यालय चमतीबाट  पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  १२ : २७ बजे

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृत्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको