‘छक्का पञ्जा-५’ को व्यापार ‘ज्वाइँ साब’ भन्दा पाँच गुणा बढी « Khabarhub

दशैँमा भिडेका फिल्म

‘छक्का पञ्जा-५’ को व्यापार ‘ज्वाइँ साब’ भन्दा पाँच गुणा बढी


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  फूलपाती अर्थात्‌ असोज २४ बाट प्रदर्शनमा आएका तीन फिल्म ‘छक्का पञ्जा ५‘, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ दोस्रो सातामा प्रदर्शनरत छन् । दुई फिल्मले सुरुवाती सात दिनको कमाइ सार्वजनिक गरेका थिए । ज्वाइँ साबले भने कमाइ सार्वजनिक गरेको थिएन ।

दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले निर्माण गरेको ‘छक्का पञ्जा-५’ ले सुरुवाती सात दिनमा ११ करोड रुपैयाँ माथिको व्यापार गरेको थियो । १० दिनमा यस फिल्मको ग्रस कलेक्सन १५ करोड रुपैयाँभन्दा माथि छ ।

विराज भट्टको फिल्म ‘१२ गाउँ’ले सुरुवाती सात दिनमा १० करोडमाथि व्यापार गरेको गोविन्द शाहीको दाबी छ । सिनेमा घरहरूमा पछिल्ला दिनमा यो चलचित्रको अकुपेन्सी पनि बढेको थियो ।

‘ज्वाइँ साब’को निर्माण पक्षले आइतबार एकैचोटी सुरुवाती १० दिनको ग्रस कलेक्सन सार्वजनिक गरेको छ । अन्य दुई फिल्मभन्दा कमजोर व्यापार गरेको यस फिल्मले हालसम्म तीन करोड २५ लाख रुपैयाँको मात्रै व्यापार गरेको हो ।

दीपक-दीपाको  टिमबाट बाहिरिएका जितु नेपाल ज्वाइँ साबको केन्द्रीय भूमिकामा छन् । १० दिनको व्यापार तुलना गर्दा ‘छक्का पञ्जा-५’ को व्यापार ‘ज्वाइँ साब’को भन्दा झन्डै पाँच गुणा बढी छ ।

यद्यपि ज्वाइँ साबका निर्देशक वसन्त निरौलाले फिल्मको व्यापारप्रति सन्तुष्टि रहेको जनाएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अनेका बाधा-व्यवधान बाबजुद यो प्रतिफलले हाम्रो युनिट प्रसन्न छ । धन्यवाद दर्शक !’

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  १ : ३३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना