‘छक्का पञ्जा-५’ को व्यापार ‘ज्वाइँ साब’ भन्दा पाँच गुणा बढी « Khabarhub

दशैँमा भिडेका फिल्म

‘छक्का पञ्जा-५’ को व्यापार ‘ज्वाइँ साब’ भन्दा पाँच गुणा बढी


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  फूलपाती अर्थात्‌ असोज २४ बाट प्रदर्शनमा आएका तीन फिल्म ‘छक्का पञ्जा ५‘, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ दोस्रो सातामा प्रदर्शनरत छन् । दुई फिल्मले सुरुवाती सात दिनको कमाइ सार्वजनिक गरेका थिए । ज्वाइँ साबले भने कमाइ सार्वजनिक गरेको थिएन ।

दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले निर्माण गरेको ‘छक्का पञ्जा-५’ ले सुरुवाती सात दिनमा ११ करोड रुपैयाँ माथिको व्यापार गरेको थियो । १० दिनमा यस फिल्मको ग्रस कलेक्सन १५ करोड रुपैयाँभन्दा माथि छ ।

विराज भट्टको फिल्म ‘१२ गाउँ’ले सुरुवाती सात दिनमा १० करोडमाथि व्यापार गरेको गोविन्द शाहीको दाबी छ । सिनेमा घरहरूमा पछिल्ला दिनमा यो चलचित्रको अकुपेन्सी पनि बढेको थियो ।

‘ज्वाइँ साब’को निर्माण पक्षले आइतबार एकैचोटी सुरुवाती १० दिनको ग्रस कलेक्सन सार्वजनिक गरेको छ । अन्य दुई फिल्मभन्दा कमजोर व्यापार गरेको यस फिल्मले हालसम्म तीन करोड २५ लाख रुपैयाँको मात्रै व्यापार गरेको हो ।

दीपक-दीपाको  टिमबाट बाहिरिएका जितु नेपाल ज्वाइँ साबको केन्द्रीय भूमिकामा छन् । १० दिनको व्यापार तुलना गर्दा ‘छक्का पञ्जा-५’ को व्यापार ‘ज्वाइँ साब’को भन्दा झन्डै पाँच गुणा बढी छ ।

यद्यपि ज्वाइँ साबका निर्देशक वसन्त निरौलाले फिल्मको व्यापारप्रति सन्तुष्टि रहेको जनाएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अनेका बाधा-व्यवधान बाबजुद यो प्रतिफलले हाम्रो युनिट प्रसन्न छ । धन्यवाद दर्शक !’

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  १ : ३३ बजे

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको

नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभिएल) को ट्रफी सार्वजनिक गरिएको छ

इरानी राष्ट्रपति भन्छन् : अर्को भेनेजुएला बनाउन आएको अमेरिका हाम्रो प्रतिरोधले चकित बन्यो

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियनले इरानलाई अर्को भेनेजुएला बनाउने प्रयास

अफवाहले हैरान गोविन्दाले दिए मिडियालाई चेतावनी, ‘यस्ता काम नरोकिए १०० करोडसम्म क्षतिपूर्ति माग्छु’

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो फिल्मी करियरभन्दा

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका