इजरायली हवाई आक्रमणमा तीन लेबनानी सैनिकको मृत्यु | Khabarhub Khabarhub

इजरायली हवाई आक्रमणमा तीन लेबनानी सैनिकको मृत्यु


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

बेरुत – इजरायली सेनाले आइतबार दिउसो दक्षिणी लेबनानको सीमा क्षेत्रमा एउटा गाडीलाई लक्षित गरी आक्रमण गर्दा तीन लेबनानी सैनिकको मृत्यु भएको लेबनानी सेनाको कमाण्डले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

“इजरायली सेनाले दक्षिणमा ऐन एबेल–हानेन सडकमा सेनाको एउटा गाडीलाई निशाना बनाएको र आक्रमणबाट तीन लेबनानी सैनिकको मृत्यु भएको छ,” लेबनानी सैन्य कमाण्डले भनेको छ।

लेबनानी सैन्य स्रोतले नाम नबताउने शर्तमा दिएको जानकारीअनुसार इजरायली सेनाले उक्त गाडीमा सिधा रकेट प्रहार गरेको थियो ।

लेबनानी सैन्य स्रोतले बताएको छ, “इजरायली लडाकु विमानले दक्षिणी लेबनानका गाउँ, शहर र खुला क्षेत्रमा करिब ४३ वटा हवाई आक्रमण गरेका छन् भने पूर्वी लेबनानमा छोटो दुरीमा हान्ने हतियारको प्रयोग गरी १५ वटा आक्रमण गरेका छन् ।”

यसैबीच, हिजबुल्लाहले आफ्ना लडाकुहरूले इजरायलको फिलन बेस, उत्तरी इजरायलमा २१० औं डिभिजनको मुख्यालय र लेबनानका विभिन्न गाउँहरूको बाहिरी भागमा इजरायली सेनाको जमघटलाई तोप र क्षेप्यास्त्रले निशाना बनाएको बताएको छ।

इजरायली सेनाले लेबनानमा गत सेप्टेम्बरको अन्त्यदेखि हिजबुल्लाहसँगको बढ्दो तनावबीच आक्रमणलाई सघन बनाइरहेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ८ : ४८ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित