साफ च्याम्पियनसिप : आज नेपाल र माल्दिभ्स खेल्ने « Khabarhub

साफ च्याम्पियनसिप : आज नेपाल र माल्दिभ्स खेल्ने


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साफ महिला च्याम्पियनसिप फुटबलमा आज समूह ‘बी’ मा रहेका नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।

यसअघि आफ्नो पहिलो खेल खेलिसकेका दुवै टोली आज दोस्रो खेल खेल्दैछन् । नेपाल पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो भने माल्दिभ्स श्रीलंकासँग १–० गोलले पराजित भएको थियो ।

सेमिफाइनल पुग्नका लागि नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ । जारी प्रतियोगितामा नेपालको १ अंक छ भने माल्दिभ्सअंकविहीन छ।

नेपालले आफ्नो तेस्रो खेल आगामी बिहीबार श्रीलंकासँग खेल्नेछ ।

समूह ‘बी’ अन्तर्गत नै आज दिउँसो साढे १ बजे भुटान र श्रीलंका पनि खेल्दैछन् । भुटानको १ अंक छ भने श्रीलंका ३ अंकसहित समूहको शीर्षस्थानमा छ ।

समूह ‘ए’ मा रहेको भारतले पाकिस्तिानलाई ५–२ गोलले हराएको छ । भारतले तीन अंक जोडेको छ भने बंगलादेश र पाकिस्तानको एक–एक अंक छ ।

दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। फाइनल खेल कात्तिक १४ गते हुनेछ।

प्रतियोगितामा नेपालसहित दक्षिण एसियाली सात राष्ट्र सहभागी छन् । जसमा समूह ‘ए’ मा भारत, पाकिस्तान र बंगलादेश तथा समूह बीमा नेपाल, श्रीलंका, माल्दिभ्स र भुटान छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ७ : ५३ बजे

सुनसरीको देवानगञ्जमा गोली चल्दा घाइते भएका यादवको विराटनगरमा उपचार जारी

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका

संविधान दिवसका अवसरमा साइकल र्‍याली

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको

एसियन गेम्सका लागि जापान जाने क्रिकेट टोलीको बिदाई

काठमाडौं- एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय