पर्यटन प्रवर्द्धनका लागि ताल निर्माण गरिँदै « Khabarhub

पर्यटन प्रवर्द्धनका लागि ताल निर्माण गरिँदै


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले करिव २० बिघा क्षेत्रफलमा ताल बनाउने भएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले ताल निर्माण गर्न लागेको सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले बताए ।

सुस्ता–३ र ४ नम्बर वडाको बीचमा रहेको घोलालाई सफाइ तथा मर्मत गरी ताल निर्माण गर्न लागिइएको हो । ताल निर्माणका लागि गाउँपालिकाले ९० लाख खर्च गरिसकेको अधिकृत भुसालले बताए । तालको वरिपरि फुटपाथ, उद्यान, वरिपरि विभिन्न पर्यटकीय संरचना र प्राकृतिक सौन्दर्यता बनाइने उनले जानकारी दिए ।

पालिकाभित्रका पर्यटकीय सम्भावनाका स्थललाई पहिचान गरी गाउँपालिकाले पर्यटन विकासका नीति अगाडि बढाएको पालिका अध्यक्ष टेकनारायण उपाध्ययले बताए ।

तालमा माछापालनसमेत गरिने छ । लामो समयदेखि घोलाका रूपमा रहेकाले यसको खासै महत्व थिएन तर अब ताल बनेपछि पर्यटन विकास हुने उनले जानकारी दिए । ताल निर्माणपछि पालिकाको आम्दानी स्रोत हुने अपेक्षा गरिएको छ । पहिलो चरणमा घोलाभित्र रहेका झाडी तथा फोहरलाई सफा गरिएको छ ।

गाउँपालिकाले पर्यटन विकासका लागि विभिन्न स्थलको पहिचान गर्ने काम गरिरहेको छ । पर्यटन विकासमार्फत आम्दानीका स्रोत व्यवस्थापन गर्ने गाउँपालिकाको उद्देश्य छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ९ : ४० बजे

लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक

सिद्धार्थनगर– लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लुम्बिनीले आधुनिक सूचना प्रविधिको सदुपयोग

अध्ययन भिसा सिफारिस प्रकरणमा छानबिन गर्न समिति गठन

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका विषयमा कर्मचारीको

अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

काठमाडौं– काठमाडौँ उपत्यकाका केही स्थानबाट प्रयोगविहीन तार हटाउने कार्य अगाडि

नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि

काठमाडौं– त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले बिदाको दिन आइतबार पनि नियमित सेवा

१०औँ राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो साता हुने

काठमाडौं– नेपाल बास्केटबल संघको आयोजनामा १०औँ राष्ट्रिय खुला महिला बास्केटबल