राप्रपाले भोलिदेखि कर्णाली यात्रा गर्ने « Khabarhub

राप्रपाले भोलिदेखि कर्णाली यात्रा गर्ने


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कर्णाली यात्रा सुरु गर्ने भएको छ ।

भोलि सल्यानको सल्लीबजारबाट सुरु हुने यात्रा कात्तिक ११ गते मुगुको गमगढीमा पुगेर सम्पन्न हुने राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले जानकारी दिए ।

मिश्रले आज सामाजिक सञ्जाल एक्समा कर्णाली यात्राको तालिका सार्वजनिक गर्दै ६ दिनमा ६ जिल्ला ६ आमसभा भन्दै कार्यक्रमबारे जानकारी गराएका हुन् ।

वरिष्ठ उपाध्यक्ष मिश्रले कर्णाली बदल्न सके मात्रै देश बन्ने दाबी गर्दै यसो हुन नसके व्यक्ति बदलिने तर देश नबदलिने उल्लेख गरेका छन् ।

कर्णाली यात्राको तालिका अनुसार राप्रपाले कात्तिक ७ गते सुर्खेतको बाबियाचौर, कात्तिक ८ गते दैलेखको दुल्लु, कालीकोटको मान्म, कात्तिक १० गते जुम्लाको गोठिजिउला र कात्तिक ११ गते मुगुको गमगढीमा आमसभा गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  १० : ०० बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले