राप्रपाले भोलिदेखि कर्णाली यात्रा गर्ने « Khabarhub

राप्रपाले भोलिदेखि कर्णाली यात्रा गर्ने


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कर्णाली यात्रा सुरु गर्ने भएको छ ।

भोलि सल्यानको सल्लीबजारबाट सुरु हुने यात्रा कात्तिक ११ गते मुगुको गमगढीमा पुगेर सम्पन्न हुने राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले जानकारी दिए ।

मिश्रले आज सामाजिक सञ्जाल एक्समा कर्णाली यात्राको तालिका सार्वजनिक गर्दै ६ दिनमा ६ जिल्ला ६ आमसभा भन्दै कार्यक्रमबारे जानकारी गराएका हुन् ।

वरिष्ठ उपाध्यक्ष मिश्रले कर्णाली बदल्न सके मात्रै देश बन्ने दाबी गर्दै यसो हुन नसके व्यक्ति बदलिने तर देश नबदलिने उल्लेख गरेका छन् ।

कर्णाली यात्राको तालिका अनुसार राप्रपाले कात्तिक ७ गते सुर्खेतको बाबियाचौर, कात्तिक ८ गते दैलेखको दुल्लु, कालीकोटको मान्म, कात्तिक १० गते जुम्लाको गोठिजिउला र कात्तिक ११ गते मुगुको गमगढीमा आमसभा गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  १० : ०० बजे

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

काठमाडौं– यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण

जेनजी आन्दोलनको एक वर्ष : शङ्कर पोखरेल भन्छन्- ‘घुसपैठ गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ’

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गत वर्षको ‘जेनजी