शेयर बजार ५७ अंकले घट्दा कारोबारमा पनि गिरावट  « Khabarhub

शेयर बजार ५७ अंकले घट्दा कारोबारमा पनि गिरावट 


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं दशैं सकिएयता लगातार ३ दिन बढेको बजार आइतबारबाट भने घट्न थालेको छ । हिजो (आइतबार) ४७ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज पनि ५७.९९ अंकले घटेको हो । 

आज नेप्से २.१४ प्रतिशतले घटेर २६३९.९२ विन्दुमा पुगेको छ । नेप्से घटेसँगै कारोबारमा पनि गिरावट आएको छ । आज ५ अर्ब ९० करोड ८ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ । बजार खुल्ला रहँदासम्म १ करोड ३८ लाख ६३ हजार ४४३ कित्ता शेयर किनबेच भएको थियो । 

साेमबार २३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १३ वटा समूहमध्ये सबै समूह राताम्ये भएको छ । सबैभन्दा बढी फाइनान्स समूह ३.३८ प्रतिशतले घटेर ३ हजार १८७.५६ विन्दुमा पुगेको छ । सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.७२ प्रतिशतले घटेर २१.१३ विन्दुमा पुगेको छ । 

त्यस्तै, वाणिज्य बैंक समूह २.३० प्रतिशतले, विकास बैंक समूह १.७८ , होटल एण्ड टुरिजम समूह १.६६ , लगानी २.५१ , जीवन बीमा २.१५ , उत्पादन तथा प्रशोधन १.६५ , लघुवित्त १.८९ , निर्जीवन बीमा १.७६ , अन्य समूह २.३४ र ट्रेडिङ समूह ०.२८ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ३ : ३५ बजे

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक

वाणिज्य विभागको बजार अनुगमन, एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५०