क्रिएसनद्धारा मिसेस् नेपाल वर्ल्डका प्रतियोगीलाई प्रशिक्षण « Khabarhub

क्रिएसनद्धारा मिसेस् नेपाल वर्ल्डका प्रतियोगीलाई प्रशिक्षण


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्रिएसन नेपालले मिसेस् नेपाल वर्ल्ड २०२४ का प्रतियोगीहरूलाई प्लास्टिक फोहोरमैला व्यवस्थापन तथा चक्रीय अर्थतन्त्रको बारेमा विशेष प्रशिक्षण दिएकाे छ ।

सोमबार आयोजित एक विशेष प्रशिक्षण सत्रमा विवाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगिता मिसेस् नेपाल वर्ल्ड २०२४मा सहभागी भएका प्रतियोगीहरूलाई प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन र चक्रीय अर्थतन्त्रको विषयमा विशेष प्रशिक्षण दिइएको हो ।

क्रिएसन नेपालका सचिव सुजाता कोइरालाले प्रतियोगीहरूलाई क्रिएसनले सञ्चालन गरेको गतिविधिका साथै, नेपालमा देखिएको प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन र चक्रीय अर्थतन्त्र लगायतका व्यवहारिक तथा नीतिगत समस्याहरूको बारेमा अन्तरक्रियात्मक प्रशिक्षण दिएकी थिइन् ।

प्लास्टिकजन्य फोहोर स्वास्थ्यको लागि कति हानिकारक हुन्छ, कति प्रकारका प्लास्टिकहरू हाम्रा वरिपरि छरिएर रहेका छन्, कस्ता प्लास्टिक प्रयोग गर्दा स्वास्थ्यलाई बढी हानि नोक्सानी गर्छ, प्लास्टिक पुनःचक्रण के हो ? कसरी यसलाई चक्रीय अर्थतन्त्रमा जोड्न सकिन्छ लगायतका विषयमा प्रशिक्षण सत्रले प्रतियोगीहरूलाई बुझ्न मद्दत पुग्ने सचिव कोइरालाले विश्वास व्यक्त गरिन । उनले सहभागीहरूलाई यस्ता गम्भीर विषयहरूको बारेमा जनचेतना फैलाउन समेत आग्रह गरिन ।

त्यस्तै क्रिएसनका परियोजना सहायक प्रियस्मा श्रेष्ठले विभिन्न किसिमको प्लास्टिकको बारेमा प्रदर्शन गर्दै प्लास्टिक पुनःचक्रण गरेर कस्ता कस्ता वस्तुहरू बनाउन सकिन्छ बारेमा जानकारी गराएकी थिइन ।

विश्वव्यापी रूपमा बढ्दो जलवायु परिवर्तनका असर तथा दिगो विकासका लक्ष्यहरू बारेमा ज्ञान प्राप्त गर्ने उद्देश्यका साथ क्रिएसनको कार्यालय भ्रमण तथा अवलोकन गर्न आएका प्रतियोगीहरूले प्रशिक्षणका दौरान प्राप्त गरेका ज्ञान भविष्यमा आ-आफ्नो ठाउँबाट वातावरण तथा पर्यावरण संरक्षणमा योगदान दिने बताए । उनीहरूले व्यवहारिक रूपबाट नै पर्यावरण संरक्षणका साथै दिगो विकासमा सहयोग पुर्‍याउनु पर्नेमा जोड दिएका थिए ।

प्रशिक्षणमा सहभागी भएका प्रतियोगीहरूले प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन र चक्रीय अर्थतन्त्रको बारेमा आ-आफ्नो स्थानबाट जनचेतना फैलाउन र क्रिएसनद्धारा सञ्चालन गरिने अभियानमा सहयोग गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरे ।

यस वर्षको प्रतियोगितामा गृहिणीदेखि डाक्टर, इन्जिनियर, बैंकर, मेनेजर, व्यवसायी, स्वास्थ्यसेवी, फेसन डिजाइनर, नर्स र २-२ पटक क्यान्सर जितेको महिलाहरू अन्तिम प्रतिस्पर्धाका लागि छानिएका छन् । यस वर्ष पनि मिसेस् नेपाल वर्ल्ड विजेताले अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा मिसेस् वर्ल्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछिन् ।

रिवन इन्टरनेनमेन्टको आयोजनामा हुने मिसेस् नेपाल वर्ल्ड २०२४ का प्रतियोगिताहरूलाई विभिन्न क्षमता अभिवृद्धि प्रशिक्षणहरू प्रदान  गरिएको छ । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा अगामी कार्तिक १० गते राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ३ : ४० बजे

भेनेजुएलामा भूकम्प: ज्यान गुमाउनेको संख्या २३५ पुग्यो, चार हजार बढी घाइते

काठमाडौँ – उत्तरी भेनेजुएलामा लगातार गएका दुईवटा शक्तिशाली भूकम्पमा परी

रास्वपा महाधिवेशन : कुन केन्द्रीय सदस्यले कति मत पाए ?

 चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय

पत्रकार विनोद ढकाल पक्राउ : अनुसन्धानका लागि सुनसरी पठाइने

काठमाडौँ – पत्रकार विनोद ढकाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

स्वर्णिम वाग्ले रास्वपाको खुला उपसभापतिमा निर्विरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला उपसभापतिमा अर्थमन्त्री स्वर्णिम