केकीलाई मन पर्‍यो ‘बुलबुल’, फेसबूकमा लेखिन् यस्तो स्टाटस « Khabarhub

केकीलाई मन पर्‍यो ‘बुलबुल’, फेसबूकमा लेखिन् यस्तो स्टाटस


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका केकी अधिकारीले आफूलाई फिल्म ‘बुलबुल’ मन परेको भन्दै स्टाटस लेखेकी छिन् । उनले फिल्म हेरेपछि सामाजिक सञ्जाल फेसबूकमा फिल्मले अलग्गै ढंगले कथा व्यथा प्रस्तुत गरेकाले फिल्मको तारिफ गरिन् ।

‘पात्रहरु यति मन छुने थिए कि, आफूले गर्न पाएको भए पनि हुने खालको लोभ पलाइदिन सफल हुनुभएकोमा कलाकारहरु अनि निर्देशक निर्माताहरुलाई हार्दिक बधाई,’ केकीले फेसबूकमा लेखेकी छिन्, ‘स्वस्तिमाले छक्क नै पारिदिइन् ।’

विनोद पौडेलको लेखन तथा निर्देशन रहेको यो फिल्म यतिबेला नेपालका विभिन्न हलमा चलिरहेको छ । कलात्मक रुपमा बनाइएको यो फिल्मको समीक्षात्मक रुपमा निकै तारिफ आएपनि चटपटे फिल्मका दर्शकले भने खासै रुचाएका छैनन् ।

फिल्ममा स्वस्तिमा खड्का र मुकुन भुसालको शीर्ष भूमिका छ । यस्तै फिल्ममा जोयश पाण्डे, दीपक क्षेत्री, लक्ष्मी बर्देवा लगायतका कलाकारले समेत अभिनय गरेका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ६ : २८ बजे

नामिबियाविरुद्ध नेपालको फितलो प्रदर्शन

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले खराब

प्रधानमन्त्री निवासअगाडि धर्ना बसेका राहुल गान्धी र अखिलेश यादव पक्राउ

नयाँदिल्ली : भारतको राजधानी नयाँदिल्लीस्थित प्रधानमन्त्री निवासअगाडि धर्नामा बसेका विपक्षी

‘ओली–प्रचण्डकै नेतृत्वमा वाम एकता सम्भव छैन, नयाँ पुस्ता अगाडि आउनुपर्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट आन्दोलनका प्रभावशाली नेता झलनाथ खनालले लामो समयदेखि

सिँचाइ क्षेत्रको दिगो विकासका लागि तीन तहबीच प्रभावकारी समन्वयमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा