असिनाले धानबाली नष्टहुँदा कृषक चिन्तित « Khabarhub

असिनाले धानबाली नष्टहुँदा कृषक चिन्तित


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतका विभिन्न क्षेत्रमा हालै परेको असिनापानीका कारण पाक्ने बेलाको धानमा नोक्सानी पुगेको छ ।

कतिपय स्थानमा किसानले काटेर खेतमै सुकाएको धानमा क्षति पुगेको छ भने कतिपय ठाउँमा पाकेको धान झारेर नष्ट भएको किसानले गुनासो गरेका छन् ।

पर्वतको कुश्मा र फलेवास नगरपालिका, जलजला, मोदी र महाशिला गाउँपालिकाका विभिन्न ठाउँमा असिनापानीले क्षति गरेको हो ।

कुश्मा–१० पिपलटारीका किसान दीपक सुवेदीले पाकेर काट्ने बेलाको धान असिनाले नष्ट गरिदिएको गुनासो गरे । उनका अनुसार केही दिनमा काट्ने तयारी भएको धानमा क्षति पुगेको हो । एक घण्टासम्म परेको असिनापानीले झण्डै ४० प्रतिशत धान झारेको उनको भनाइ छ । सुवेदीका अनुसार जुकेखोला, चिन्नेखोला, अधिकारीफाँट, मल्याङ्दी, सालघारी, अर्गसेलगायत फाँटमा ठूलो नोक्सानी पुगेको छ ।

महाशिला–५ की किसान सरस्वती अधिकारीले काटेर सुकाएको धान एक्कासी परेको असिनापानीले झारेर नष्ट गरिदिएको बताइन् । मौसमविद्ले मनसुन सकिएको र मौसम सफा रहने बताएपछि धान खाटेर सुकाएका किसान असिनाले क्षति गरेपछि निराश बनेको उनको गुनासो छ ।

पर्वतमा गत वर्ष पनि यही समयमा परेको असिनाले धानबालीमा नोक्सान गरेको थियो । यस वर्ष समयमै मनसुन सुरु भएकाले समयमै रोपाइँ गरेका कारण धान उत्पादनसमेत बढ्ने अनुमान गरिएको भए पनि असिनापानीले क्षति गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख परशुराम अधिकारीले जिल्लाका अधिकांश क्षेत्रमा असिनापानीले क्षति गरेको छ । अहिले स्थानीय तहहरूले तथ्याङ्क सङ्कलनको काम गरिरहेकाले केही दिनमा क्षतिको यकिन तथ्याङ्क आइपुग्ने उनको भनाइ छ । किसानले पनि सुरुमा स्थानीय तहमा नै गुहार्ने भएकाले ज्ञान केन्द्रमा क्षतिको विवरण नआएको जनाउँदै उनले जिल्लाका धेरै ठाउँमा धान खेतमै ढलेको पनि बताए ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  १० : १६ बजे

पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच इस्लामावादमा भेटवार्ता

एजेन्सी– पाकिस्तानका प्रधानमन्त्री मोहम्मद शहबाज सरिफ र इरानका विदेशमन्त्री सैयद

अगस्टमा ‘क्यास्पियन शिखर सम्मेलन’ गर्ने इरानको योजना

तेहरान– रुसका लागि इरानका राजदूत काजेम जलालीले इरानले जारी युद्धका

बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड

काभ्रेपलाञ्चोक– दिउँसोको वर्षाका कारण बीपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा

वन संरक्षणलाई आयआर्जनमुखी बनाउन आग्रह

रसुवा– जिल्लामा सामुदायिक वन व्यवस्थापनलाई थप सुदृढ बनाउँदै स्थानीय समुदायको

लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन

सिरहा– यहाँको लहान नगरपालिकाले सगरमाथा चौधरी आँखा अस्पतालसँगको सहकार्यमा वडा