राष्ट्रिय युवा संघ नेपालले एआई सम्मेलन गर्ने « Khabarhub

राष्ट्रिय युवा संघ नेपालले एआई सम्मेलन गर्ने


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमालेको जनवर्गीय सङ्गठन राष्ट्रिय युवा संघ नेपालले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन गर्ने भएको छ। संघले कार्तिक ११-१२ गते हायत प्यालेस सोल्टीमोडमा एआई सम्मेलन आयोजना गर्न लागेको हो।

एआई सम्मेलनबाट विश्व बजारमा भइरहेको ‘आर्टिफिसियल इन्टेलिजेन्स’को विकास र उपयोगबारे नेपाली समाजमा जानकारी दिने उद्देश्य रहेको सङ्घले जनाएको छ।

सम्मेलनको तयारी बैठकका क्रममा अध्यक्ष क्षितिज थेबेले सूचना प्रविधिको वर्तमान युग ‘आर्टिफिसियल इन्टेलिजेन्स’मा पुगिसकेको बताउँदै यसबाट नेपाली समाजमा पर्न सक्ने प्रभाव र लिन सक्नुपर्ने लाभबारे सम्मेलन केन्द्रित हुने बताए।

 सम्मेलनमा १००० जना सहभागी हुने छन जसमा ५०० जना सङ्घबाट सिफारिस गरेका प्रतिनिधि हुन्छन भने बाकी ५०० जनाको कोट खुल्ला गरिएको छ। खुल्ला कोटमा सबै इच्छुक युवाहरूले फर्म भरी प्रतिनिधि हुनको लागि आवेदन दिन सक्ने संघका प्रवक्ता निरोज पौडेलले जानकारी दिए।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  १२ : ५३ बजे

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व