तातो पानीलाई बर्षाैंसम्म मानिसले रगत भनेर विश्वास गरे « Khabarhub

तातो पानीलाई बर्षाैंसम्म मानिसले रगत भनेर विश्वास गरे


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वमा धेरै जसो रहस्यहरुको खुलासा भएको छैन । ती रहस्यहरुको बर्षौंदेखि अनुसन्धान भएपनि वास्तविकता भने बाहिर आउन सकेको छैन । यसरी बर्षाैंदेखि रहस्यमयी बनेका केही अच्चमित स्थानमध्ये अन्र्टाकटिकाको एउटा महाद्वीप पनि परेको छ ।

ईस्ट अन्र्टाकटिकाको भिक्टोरिया ल्याण्डस्थित म्याकमुर्डो ड्राई भ्यालीमा रहेको वेस्ट लेक बोननीमा बरफले ढाकिएको सतहको रहस्य खुलेको छ ।

चारैतर्फबाट बरफले घेरिएको उक्त महाद्वीपको तापमान सधैँ माइनस डिग्रीमा रहने गरेको छ । जहाबाट रातो रंगको तरल पदार्थ बग्दछ । रातो रंगको तरल पदार्थ बग्ने भएकाले उक्त पदार्थ रगत भएको भन्दै त्यस बहावको नाम ब्लड फल्स राखिएको थियो ।

उक्त तरल पर्दाथको सत्यतथ्य बुझ्न वैज्ञानिकलाई १०६ बर्ष लागेको छ । अमेरिकाको कोलोराडो कलेजका छात्रा जेसिका बडगेलेय, यूनिर्भसिटी अफ अलास्काकी वैज्ञानिक एरिन पेटिट सहितको शोधकर्ताहरुको टिमले उक्त रातो पदार्थ बग्नुको कारण पत्ता लगाएका हुन् ।

खोजअनुसार रातो पदार्थ रगत नभई पानी भएको र यो एउटा विशाल तलाउबाट निस्किएको उनीहरुले पत्ता लगाएका छन् । अनुसन्धानमा जुटेका वैज्ञानिकका अनुसार रासायनिक प्रतिक्रियाका कारण ग्लासियरमा भएको पानी तातिएर रातो भएको र त्यहीँ बगेको हो । साथै पानीमा प्रसस्त आइरन र नुनको मात्रा रहेकाले ग्लासियरबाट पग्लिएको पानीको रंग रातो बनेको हो ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ७ : ०२ बजे

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ