बिरामीको मृत्यु भएपछि मेडिसिटी अस्पतालविरुद्ध मुद्दा दायर, पाँच करोड क्षतिपूर्ति माग  « Khabarhub

बिरामीको मृत्यु भएपछि मेडिसिटी अस्पतालविरुद्ध मुद्दा दायर, पाँच करोड क्षतिपूर्ति माग 


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं उपचारका क्रममा बिरामीको मृत्यु भएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालविरुद्ध मुद्दा दर्ता भएको छ । 

काठमाडौँ, वनस्थलीका ज्ञानप्रसाद रिमाल मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना भएको तर चिकित्सकहरूले गलत औषधिको प्रयोग र उपचार गरेकाले उनको मृत्यु भएको दाबी गर्दै परिवारले पाँच करोड रुपैयाँ क्षतिपूर्ति दाबीसहित मुद्दा दायर गरेका हुन् । 

गत असोज १ गते मुटुको उपचार र मृगौलाको डायलासिस गर्ने भन्दै रिमाल अस्पतालमा भर्ना भएका थिए । तर, उनको असोज ४ गते मृत्यु भएको थियो । चिकित्सकहरूले गलत औषधिको प्रयोग र उपचारमा लापरबाही गरेकै कारण उनको मृत्यु भएको परिवारको आरोप छ ।

 रिमाल अमेरिकामा बसोबास गर्दै आएका थिए । नेपाल आएका उनी मुटुको उपचार र मृगौलाको डायलासिसका लागि मेडिसिटी अस्पतालमा भर्ना भएको फिरादपत्रमा उल्लेख छ । सुरुमा उनलाई मुटुको इसीजी गराइएको थियो । बेलुका जाँचपछि मुटुमा ब्लकेज देखिएको भन्दै बिहान एन्जीयोग्राम गर्ने भनिएको थियो ।

असोज २ गते डा. रञ्जितकुमार शर्माको टोलीले इन्जीयोग्राम सफलतापूर्वक सम्पन्न गरेर १ बजे आइसीयूमा सारेको जानकारी परिवारलाई गराएका थिए । परिवारका सदस्यहरूलाई पनि उक्त समयमा भेट गर्न दिइएको बताइएको छ । बेलुका परिवारका तर्फबाट कुरुवा बस्नु नपर्ने र आवश्यक परे अस्पतालले नै खबर गर्ने भनेपछि रिमाल परिवार घर फर्केका थिए । 

असोज ३ गते बिहान ६ बजे परिवारले सोध्दा अवस्था सामान्य भएको तर, हात सुन्निएर निलो भएकाले सामान्य उपचार हुने जानकारी गराइएको थियो । सोही दिन राति नौ बजेदेखि बिरामीको हातमा फोका देखा पर्न थालेको थियो । रातभरि बिरामीको अपडेट नपाएपछि परिवार भोलिपल्ट बिहान ६ बजे अस्पताल पुग्दा हातमा टेपको एलर्जी भएको र रगत बगेको भनेर जानकारी गराएको तर हात पूरै फोकाले समस्याग्रस्त भएको कुरा अस्पतालले लुकाएको उल्लेख छ ।

अन्तमा हातको शल्यक्रिया गरेको र उक्त शल्यक्रियापछि अत्यधिक रक्तस्राव भएर बिरामीको मृत्यु भएको फिरादपत्रमा दाबी गरिएको छ ।

हातमा देखिएको फोकाकै कारण मृत्यु भएको भनी रिपोर्ट लेखिएको र अस्पतालले आफ्नो लापर्बाहीले मृत्यु भएपछि परिवारसँग कुनै पनि शुल्क नलिइ शव पठाएको र सात लाख रुपैयाँ उपचारमा छुट गरेर घटना लुकाउन खोजेको फिरादपत्रमा उल्लेख छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ४ : १० बजे

मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु

सुनसरी– सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित तीनकुने मिलिजुली स्कुलनजिक आज बिहान

रास्वपाले आफ्ना सांसदलाई आजदेखि संसदीय अभ्यास र नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘सक्षम सांसद, सशक्त संसद’

जनकपुरधाममा आज न्यायिक महोत्सव हुँदै 

धनुषा– उच्च अदालत जनकपुरले आज मधेस प्रदेशमा पहिलो पटक न्यायिक

कांग्रेसले आज धनगढीमा प्रदेशस्तरीय भेला गर्दै, सभापति थापाले उद्घाटन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसले आज सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश र स्थानीय

सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया

भैरहवा– अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नभएका कारण रोकिएका आयातित