फिल्म निर्माणमा सलोन, ‘रंगी’को छायाङ्न सुरु « Khabarhub

फिल्म निर्माणमा सलोन, ‘रंगी’को छायाङ्न सुरु


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायक सलोन बस्नेतले फिल्म निर्माणमा हात हालेका छन् । उनी प्रस्तुतकर्ता रहेको फिल्म ‘रंगी’को छायाङ्कन मंगलबारबाट सुरु भएको छ ।

३० दिनमा सक्ने लक्ष्य लिएर निर्माण पक्ष छायाङ्कनमा निस्किएको हो । यस फिल्ममा सलोनको पनि अभिनय रहेको छ । उनीसहित नम्रता श्रेष्ठ, दिलिप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारी मुख्य भूमिकामा रहेको बताइएको छ ।

विशेष गरी सहायक भूमिकामा रुचाइएका सलोनले निर्माण गर्न लागेको यो नै पहिलो फिल्म हो । सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा बन्ने यही फिल्मबाट सुरेश न्यौपानेले निर्देशनमा डेब्यू गर्दै छन् ।

सुरेशसँग ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशनको अनुभव छ ।

गत भदौ २४ गते नै यस फिल्मको टाइटल पोस्टर सार्वजनिक भएको थियो । जुन पोस्टरमा साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको छ ।

सोसल ड्रामा जनरामा बन्ने यस फिल्मले बाबु-छोरीको कथा प्रस्तुत गर्ने सलोनको भनाइ छ । यसको कथा सुमन गजमेरले लेखेका हुन् । लगानी भने सक्षम सुबेदीको रहेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ४ : २५ बजे

गोरखामा रास्वपा नेताको गाडी तोडफोड

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता धनेज थापाको गाडीमा

नेपाली कांग्रेसले कुनै विशेष महाधिवेशन गरेको छैन : मिन विश्वकर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले नेपाली कांग्रेसले विशेष महाधिवेशन

नर्स तथा मिडवाइफको लाइसेन्स नवीकरणका लागि नयाँ व्यवस्था  

काठमाडौं– नेपाल नर्सिङ परिषद्ले नर्स, मिडवाइफ तथा विशेषज्ञ नर्सको लाइसेन्स

पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन

वीरगञ्ज– जिल्लामा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कांग्रेस देउवा समूहलाई प्रमुख आयुक्तले भने – आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय गर्दैन

काठमाडौं – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले