यस्तो बन्यो ‘देववाणी’को टिजर « Khabarhub

यस्तो बन्यो ‘देववाणी’को टिजर


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी मंसिर ७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘देववाणी’को टिजर सार्वजनिक भएको छ । निर्देशक बाबु साहेब बलामी निर्देशित फिल्मको टिजर मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

टिजरमा फिल्मका नायक कुन्दन भारद्वाजले आफ्नो गाउँका हरेक नागरिकको रक्षा गर्न गरेको संघर्षलाई देखाइएको छ । टिजरमा एक्सनलाई विशेष स्थान दिइएको छ ।

टिजरमा नायक कुन्दनसहित नायिका अनुजा लेप्चा, सुनिल थापा, रविन्द्र झा, ध्रुव कोइराला र भारतीय कलाकार ह्यारीलाई देखाइएको छ ।

निर्माण पक्षका अनुसार यो फिल्म नेपाली र हिन्दी भाषामा निर्माण भएको छ । याङ्कन सिमरा, वीरगन्ज, इटहरी र काठमाडौं तथा भारतमा विभिन्न स्थानमा छायाङ्कन गरिएको बताइएको छ ।

मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको ब्यानरमा बनेको यस फिल्मको पटकथा तथा संवाद निराजन मेहता मन्जिलले लेखेका हुन् । फिल्मको निर्माता मिना खड्का र हिराबहादुर लेप्चा हुन् ।

हेर्नुहोस् टिजर :

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  १२ : १४ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल