सन् २०३० सम्ममा भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने अनुमान « Khabarhub

सन् २०३० सम्ममा भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने अनुमान


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकरले सन् २०७५ सम्ममा भारत पाँच सय २५ खर्ब अमेरिकी डलरका साथ विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था हुने गोल्डम्यान स्याक्सको अध्ययनले जनाएको बताएका छन् । 

अध्ययनले सन् २०३० सम्ममा भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने अनुमान गरेको पनि उनले बताए ।

द इन्डिया सेन्चुरी भन्ने विषयवस्तुको बारेमा बोल्दै उनले भने, ‘एक दशकअघि विश्वको दशौँ ठूलो अर्थतन्त्र भएको भारत अहिले पाँचौँ स्थानमा छ । दशकको अन्त्यसम्ममा तेस्रो हुने सम्भावना छ ।’

जयशंकरले भारतको प्रतिभा र सीपबारे प्रकाश पार्दै यो करिब दिन प्रतिदिन बढिरहेको उल्लेख गरे। उनका अनुसार युरोप र उत्तर अमेरिकाले भारतबाट प्रतिभा र सीपको सहज प्रवाह चाहन्छन् ।

‘मलाई लाग्छ कि त्यहाँ अन्य तरिकाहरू छन्, जुन अझ प्रभावकारी हुन सक्छ । यदि प्रविधि, एआईसेमीकन्डक्टरहरूमा ठूला बहसहरू हेर्छन् भने भारतीय प्रतिभा र सीपको महत्त्व दिनप्रतिदिन बढ्दै गएको छ’, उनले भने। 

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ६ : ४५ बजे

पटक-पटक फुटेको हाँडी जोड्ने लालसायुक्त राग चल्यो: गोकुल बाँस्कोटा

काठमाडौँ – नेकपा एमालेका नेता एवं पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले समकालीन

कसरी टर्‍यो मेसी र रोनाल्डोबीचको क्वार्टरफाइनलमा हुन सक्ने भेट ?

काठमाडौँ – फुटबल इतिहासकै दुई महान् खेलाडी लियोनेल मेसी र

सिन्धुलीको मरिणमा परम्परागत रोपाइँ (तस्बिरहरू)

सिन्धुली– सिन्धुलीको मरिण गाउँपालिकामा २० हल गोरु र रांगा जोतेर

थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक

दाङ– लुम्बिनी प्रदेश सरकारले थारू समुदायको आदिमकालीन प्रथा, परम्परा र

दही–चिउरा खाने पर्व असार १५ : भक्तपुरमा ‘जुजु धौ’ उत्पादनमा व्यस्त व्यवसायी (तस्बिरहरू)

भक्तपुर– दही–चिउरा खाने पर्वका रूपमा मनाइने असार १५ को अवसरमा