सन्दीप जोराको कप्तानीमा नेपालले हङकङ सिक्सेस खेल्ने « Khabarhub

सन्दीप जोराको कप्तानीमा नेपालले हङकङ सिक्सेस खेल्ने


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले हङकङ सिक्सेसमा भाग लिने टिमको घोषणा गरेको छ ।

क्यानले सन्दीप जोराको कप्तानीमा ७ सदस्यीय टिमको घोषणा गरेको हो ।

जसमा जोरासहित नारायण जोशी, प्रतीष जिसी, राशिद खान, लोकेश बम, विवेक यादव र दिपेन्द्र रावत रहेका छन् । प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल छन् ।

५ ओभरमा खेलिने यस प्रतियोगितामा १२ देशले भाग लिदै छन् । नेपाल भने पूल बी मा अस्ट्रेलिया र इङल्याण्डसँग रहेको छ ।

नेपालले पहिलो खेल नोभेम्बर १ मा इङल्याण्डविरुद्ध खेल्ने छ भने दोस्रो खेल नोभेम्बर २ मा अस्ट्रेलियासँग खेल्ने तालिका रहेको छ ।

प्रतियोगिताको पुल ए मा हङकङ, न्यूजील्याण्ड र दक्षिण अफ्रिका रहेका छन् । पुल सी मा भारत, पाकिस्तान र युएई तथा पुल डी मा बंगलादेश ओमान र श्रीलंका छन् ।

एक टिममा ६ जनाले खेल्ने यो प्रतियोगिताको खेल ५ ओभर खेलाइन्छ । यस अघि ८ देशले भाग लिने गरेकोमा यस पटक १२ देशलाई सहभागी गराइएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ६ : ५२ बजे

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र