अन्डरवर्ल्ड ग्याङस्टर छोटा राजनलाई जमानत « Khabarhub

अन्डरवर्ल्ड ग्याङस्टर छोटा राजनलाई जमानत


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

काठमाडौं मुम्बई उच्च अदालत (बाम्बे हाई कोर्ट)ले अन्डरवर्ल्ड ग्याङस्टर छोटा राजनलाई जमानत दिएको छ । २३ वर्ष पुरानो मुद्दामा उच्च अदालतले छोटा राजनलाई जमानत दिएको हो ।

समाचार एजेन्सी पीटीआईका अनुसार सन् २००१ मा होटल व्यवसायी जया शेट्टीको हत्या आरोपमा छोटा राजनलाई जन्मकैदको सजाय सुनाइएको थियो । उनी अहिले पत्रकार ‘जे डे’ (ज्योतिर्मय)को हत्या अभियोगमा सजाय भुक्तान गरिरहेका छन् । 

सोही कारण अदालतले जमानत दिए पनि उनी जेलबाट छुट्ने सम्भावना सहज नभएको बीबीसी हिन्दीको अनलाइन संस्करणमा समाचार छ । उनलाई पत्रकार ‘जे डे’ को हत्या अभियोगमा अदालतले जन्मकैद तोकेको छ । 

मुम्बईको एक विशेष अदालतले सन् २००१ मा पत्रकार जे डेको हत्या मामिलामा मुख्य अभियुक्त छोटा राजनसमेत नौ जना अभियुक्तलाई आजीवन कारावासको सजाय सुनाएको थियो । 

मुम्बईका ज्योतिर्मय ‘मिड डे’ अखबारमा वरिष्ठ क्राइम रिपोर्टर थिए । अखबारका लागि ‘जे डे’ नामबाट समाचार लेख्दै आएका ज्योतिर्मयको मुम्बईस्थित उपनगर पवईमा सनु २०११ जुन ११ मा गोली हानेर हत्या गरिएको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  १ : २० बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते