बुधबार २० अंकले घट्यो शेयर बजार, कारोबार कति ? « Khabarhub

बुधबार २० अंकले घट्यो शेयर बजार, कारोबार कति ?


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २०.४१ अंकले घटेको छ । प्रि–ओपन सेसनमा ९ अंकले बढेको सुरु भएको नेप्से बजार बन्द हुँदा भने ०.७६ प्रतिशतले घटेर २६४५.३९ विन्दुमा पुगेको छ । 

आज दिनभरमा ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख ४२ हजार ५१४ कित्ता शेयर कारोबार भएको छ । 

बुधबार ७६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

बजार खुल्ला रहँदासम्म ३२४ वटा कम्पनीको शेयर कारोबारमा आएको छ । ६५ हजार ९१ पटक शेयर किनबेच भएको छ । 

आज १३ वटा समूहमध्ये २ वटा बाहेक सबै समूह राताम्य भएको छ । फाइनान्स समूह २.३२ अंकले बढेर ३ हजार ३६०.५८ विन्दुमा पुगेको छ भने ट्रेडिङ समूह ०.२५ प्रतिशतले बढेर ३ हजार ६१५.६२ विन्दुमा पुगेको छ । 

आज सबैभन्दा बढी वाणिज्य बैंक समूह १.७० प्रतिशतले घटेर १ हजार ५३९.२५ विन्दुमा पुगेको छ भने सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.०१ प्रतिशतले घटेर २१.१८ विन्दुमा पुगेको छ । 

त्यस्तै, विकास बैंक समूह ०.६५ प्रतिशत, होटल एण्ड टुरिजम ०.७५, हाइड्रोपावर ०.५३, लगानी ०.३५, जीवन बीमा ०.७१, उत्पादन तथा प्रशोधन ०.३८, लघुवित्त ०.३२, निर्जीवन बीमा ०.४३ र अन्य समूह ०.४५ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ३ : १२ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय