पोखरामा सहकारी पीडितको प्रदर्शन, कांग्रेस-एमालेको अघोषित समर्थन « Khabarhub

पोखरामा सहकारी पीडितको प्रदर्शन, कांग्रेस-एमालेको अघोषित समर्थन


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरास्थित सूर्यदर्शन सहकारीसहितका पीडितले बचत फिर्ता मागसहित प्रदर्शन गर्दैछन् ।

बिहीबार बिहान ११ बजेदेखि पोखराको मुस्ताङचोकमा जम्मा भएर उनीहरूले प्रदर्शन गरेका हुन् ।

सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति पोखरा सहकारी बचत पीडित संघ कास्कीका अनुसार आन्दोलनलाई कास्कीस्थित दलहरूले पनि ऐक्यवद्धता जनाएका छन् ।

सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले सहकारी पीडितको समर्थनमा अघोषित ऐक्यवद्धता जनाएका छन् । दुवै पार्टीले झण्डा नबोकी सहकारी पीडितको आन्दोलनमा सहभागी हुन आन्तरिक सर्कुलर जारी गरेका थिए ।

संघले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू घर-घर पसेर सहकारी पीडितलाई भड्काउने काम गरेको भन्दै आपत्ति जनाएको छ ।

संघले सहकारीको बचत फिर्ता गर्ने र अनुसन्धानलाई नै प्रभावित गर्ने गरी भइरहेको प्रदर्शन तत्काल रोक्न पनि समितिले भनेको छ ।

संघले रास्वपाका नेता कार्यकर्ताले पीडितलाई लखेट्ने र पिट्ने गरेको आरोप लगाएको छ । आफूहरूले उठाएको गम्भीर मुद्दालाई राजनीतिक गिजोलेर सामान्यीकरण गर्न खोजिएको संघले जनाएको छ ।

आन्दोलनमा सहभागिता कमजोर भएपछि बुधबार रास्वपाका नेताहरू पोखराबासीको घरघर छिरेका थिए । उनीहरूको आन्दोलनमा देशभरबाट बोलाइएका रास्वपा कार्यकर्तामात्रै छन् । शनिबार चिप्लेढुंगामा जनसहभागिता देखेर उत्साहित रास्वपा अहिले समर्थक घट्दै जाँदा तनावमा छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  २ : २४ बजे

लुम्बिनी प्रदेशसभा बैठक : दलित अधिकारसम्बन्धी विधेयक पारित

लुम्बिनी– लुम्बिनी प्रदेशसभाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

नेपालका ट्रेड युनियन खारेजीप्रति अन्तर्राष्ट्रिय संस्थाको गम्भीर आपत्ति, प्रधानमन्त्री बालेनलाई पठायो पत्र

काठमाडौं- सार्वजनिक सेवा क्षेत्रमा रहेका ट्रेड युनियनहरूलाई खारेज तथा विघटन

रविलाई सांसदबाट निलम्बन गर्न मागसहित सर्वोच्च पुग्यो रिट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सांसद

विश्व बैंकको सहयोगमा निर्माणाधीन सडकमा ४३ प्रतिशत प्रगति

दमौली– विश्व बैंकको सहयोगमा स्तरोन्नति सुरु भएको व्यास नगरपालिकास्थित चार

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष पदमा डिल्लीराज आचार्यलाई