नेपाल समूह विजेता बन्दै साफको सेमिफाइनलमा, भारतसँग भिड्ने « Khabarhub

नेपाल समूह विजेता बन्दै साफको सेमिफाइनलमा, भारतसँग भिड्ने


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली महिला टोली समूह विजेता हुँदै काठमाडौंमा जारी साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६-० गोल अन्तरले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो ।

नेपालका लागि रेखा पौडेलले २ गोल गरिन्। सावित्रा भण्डारी, अमिषा कार्की, सबिता राना मगर र रश्मी राना मगरले एक एक गोल गरे ।

यो जितपछि नेपालको समूह बी मा ३ खेलमा ७ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।

त्यस्तै ४ खेलमा ७ अंक नै भएको भुटान गोलअन्तरको आधारमा उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

त्यसैगरी समूह बी बाट श्रीलंका र माल्दिभ्स बाहिरिएका छन् ।

अब नेपालले सेमिफाइनलमा समूह ए को उपविजेता भारतसँग खेल्ने छ । भुटानले समूह ए को विजेता बंगलादेशसँग खेल्ने भएको छ । सेमिफाइनलका खेल २७ अक्टोबरमा हुने छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  ७ : ३६ बजे

रसुवापछि तातोपानी नाका पनि बन्द : चीनबाट हुने आयात अब मुस्ताङको कोरलाबाट

काठमाडौं– भोटेकोशीमा गत बुधबार आएको बाढीले रसुवा नाका अनिश्चितकालका बन्द

सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सबै सरोकारवालाको अपनत्व हुनेगरि

रास्वपा सभापति लामिछानेलाई भेटेर चिनियाँ राजदूतले भने : उद्धारदेखि पुनर्निर्माणसम्म नेपालको साथमा छौँ, सघाउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका

बाढीबाट प्रभावित नेपाल टेलिकमका ११३ साइट सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित थप तीन वटा साइट

भारतमा भेटिए नौ शव, पश्चिम नवलपरासीमा ६८ वटा व्यवस्थापन (तस्बिरहरू)

पश्चिम नवलपरासी- रसुवा बाढीमा परी पश्चिम नवलपरासीको नारायणी नदी क्षेत्रमा हालसम्म