विषादीरहित तरकारीखेती प्रवर्द्धन गर्दै लहान « Khabarhub

विषादीरहित तरकारीखेती प्रवर्द्धन गर्दै लहान


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहाको लहान नगरपालिका–१५ का तीनवटा कृषक समूहका गरी ६३ किसान परिवारलाई विषादीरहित तरकारीखेती प्रवर्द्धनका लागि दुई लाख मूल्य बराबरका कृषि सामग्री प्रदान  गरिएको छ ।

लहान नगरपालिका, राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल, सामुदायिक वन उपभोक्ता महासङ्घको सहकार्य तथा केयर नेपाल र जेओएको आर्थिक सहयोगमा सञ्चालित संरक्षण परियोजनाअन्तर्गत उक्त सामग्री नगरप्रमुख महेशप्रसाद चौधरीले किसानलाई हस्तान्तरण गरे ।

कृषि सामग्रीमा ११ प्रजातिका तरकारीको बीउ, इलेक्ट्रिक स्प्रेयर, ड्रम, समरसेवल मोटर, पिभिसी पाइप, डेलिभरी पाइप र झोल मल बनाउने सामग्रीलगायत छन् । उक्त जैविक झोल मलले कुनै रासायनिक मल र विषादीको आवश्यकता नपर्ने बताइएको छ ।

कृषि सामग्री वितरणपछि किसानको व्यावसायिक खेतीप्रणालीको प्रवर्द्धन हुनुका साथै विषादीरहित तरकारी उत्पादनले मानव स्वास्थमा सकारात्मक प्रभाव पार्ने नगरप्रमुख चौधरीले बताए।

‘कृषि क्षेत्रको विकास गरी समुन्नत नगर बनाउने लक्षसहित विभिन्न संस्थाको सहकार्यमा किसानलाई सहयोग गरिरहेका छौँ । यी सामग्री पनि यसैको निरन्तरता हो’, नगरप्रमुख चौधरीले भने, ‘यी वातारणमैत्री कृषि सामग्रीले उत्पादन अभिवृद्धिका साथै आम उपभोक्ताको स्वास्थ्यमा कुनै हानी गर्नेछैन ।’

 कृषिको व्यावसायीकरण र बजारीकरणलाई नगरपालिकाले प्राथमिकता दिएको पनि नगरप्रमुख चौधरीले जानकारी दिए ।

त्यसैगरी कार्यक्रममा लहान नगर उपप्रमुख रामचलितर महतो, वडा नं १२ का वडाध्यक्ष तथा नगरपालिकाका कृषि शाखा संयोजक बद्रीनारायण चौधरी, वडा नं १५ का वडाध्यक्ष तेजनारायण चौधरीले नगरक्षेत्रमा कृषिमा आश्रित जनसङ्ख्या ठूलो भएकाले जलवायु परिवर्तनको असर र प्रभावलाई मध्यनजर गर्दै वातावरणमैत्री उत्पादन गर्नुपर्नेमा जोड दिए ।

संरक्षण परियोजनाअन्तर्गत स्थानीय किसानको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले विगत एक वर्षदेखि लहानका नौवटा सामुदायिक वन र ३२ वटा कृषक समूह निर्माण गरी सात सय ५०  घरपरिवारमा प्रत्यक्ष जोडिएर काम गरिरहेको कार्यक्रमका व्यवस्थापक जगदीश भट्टले जानकारी दिए। 

यसअन्तर्गत वन व्यवस्थापन, जलाधार क्षेत्र संरक्षण र नदी कटान नियन्त्रण रहेका छन् । त्यसैगरी स्थानीय किसानको आयआर्जनका लागि माछापालन र पशुपालनमा पनि जोड दिइएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ८ : ०९ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

कञ्चनपुर पुनर्वासको शिवकृष्ण जनरल स्टोर्समा २५० को सामान किन्नेले पाए १० लाख पुरस्कार

काठमाडौं– सरकारले सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तगर्त पहिलो

भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

महेन्द्रनगर– कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका

कर्रा खोलामा पुल नहुँदा स्थानीयलाई समस्या

बागमती– हेटौँडा उपमहानगरपालिका वडा नं ९ र १० भएर बग्ने