डेङ्गी नियन्त्रण प्रयास : आज सरसफाइ अभियान | Khabarhub Khabarhub

डेङ्गी नियन्त्रण प्रयास : आज सरसफाइ अभियान


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सरकारले डेङ्गीको महामारी फैलन नदिन आज देशभरका सरकारी कार्यालय परिसर सरसफाइ अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले आज बिहान १० बजे देशभरका सम्पूर्ण सरकारी कार्यालय परिसरमा सरसफाइ गर्ने निर्णय गरेको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट उक्त निर्णय भएको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। 

‘डेङ्गी फैलन नदिन पानी जम्ने ठाउँ, मोटर ग्यारेज, कवाडी स्टोरलगायत जोखिम भएका स्थानमा सरसफाइ अभियान सुरु गर्ने स्वास्थ्य मन्त्रालयको प्रस्तावअनुसार नै डेङ्गी नियन्त्रण अभियान सञ्चालन गर्ने निर्णय भएको हो’, उनले भने । 

यसैबीच, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयानुसार आज बिहान १० बजे आ–आफ्ना कार्यालय परिसरमा सरसफाइ गरी डेङ्गी नियन्त्रण अभियान सञ्चालन गर्न मातहतका कार्यालयलाई निर्देशनसमेत दिएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले देशका केही जिल्लामा डेङ्गीको प्रकोप बढिरहेकाले यसलाई तत्कालै रोकथाम गर्न सरकारले आज बिहान १० बजे देशव्यापी रुपमा ‘लामखुट्टे खोजी र नष्ट’ अभियान थाल्न लागेको जानकारी दिए।

उनले डेङ्गी नियन्त्रणमा सक्रिय सहभागिताका लागि सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियन्ताका साथै आमनागरिक समक्ष आग्रह गरेका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  १० : ०० बजे

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी

तीन दलका शीर्ष नेताबीचको छलफल सिंहदरबारमा

काठमाडौं– प्रमुख तीन दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

देशभर फैलियो मनसुन

काठमाडौं– यस वर्षको मनसुन प्रणाली आजदेखि देशभर फैलिएको छ ।

वालिङमा हल गोरु पाल्ने किसानलाई अनुदान, प्रतिहल कति ? 

वालिङ– स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका लागि अनुदान

‘सवारी दुर्घटनाबाट क्षति न्यूनीकरणमा सरकार संवेदनशील’

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार सवारी दुर्घटनाबाट हुने