पोखरा र काठमाडौंको आन्दोलनबारे अनौपचारिक छलफलमा रास्वपा नेताहरू  « Khabarhub

पोखरा र काठमाडौंको आन्दोलनबारे अनौपचारिक छलफलमा रास्वपा नेताहरू 


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीले आज काठमाडौंको माइतीघर र कास्कीको पोखरामा थप आन्दोलन गर्ने भएको छ । 

सहकारी ठगी र संगठित अपराधमा पक्राउ परेका पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले शुक्रबार पनि आन्दोलन गर्ने भएको हो । 

गत शुक्रबार सभापति लामिछाने पक्राउ परेदेखि रास्वपा निरन्तर आन्दोलनमा छ । अहिले नेताहरू आन्दोलनको  स्वरूप कस्तो गर्ने भन्ने विषयमा छलफलमा रहेको पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए । उनका अनुसार पोखरा र काठमाडौंमा कस्तो किसिमको आन्दोलन गर्ने भनेर जुम मिटिङ पनि भइरहेको छ । 

काठमाडौंमा अहिले रास्वपा उपसभापति स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सांसदहरू सुमना क्षेष्ठ, शिशिर खनाल लगायतका अन्य केन्द्रीय नेताहरू आन्दोलनमा खटिएका छन् । 

पोखरामा भने उपसभापति डीपी अर्याल, कोषाध्यक्ष, लिमा अधिकारी  सह कोषाध्यक्ष दीपक बोहोरा, सांसदहरू विनीता कठायत, तोसिमा कार्की र सोभिता गौतम छन् । 

माइतीघरको आन्दोलनमा पार्टी कार्यालय चमतीबाट नै नेताहरू जुट्ने तयारी भइरहेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  १२ : ४७ बजे

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा