गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ? « Khabarhub

गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ?


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोसिमा कार्कीले कास्की कारागारमा लामखुट्टे भगाउने धूप तथा लामखुट्टे भगाउने लिक्विडसम्म नभएको गुनासो गरेकी छन् । 

पार्टी सभापति रवि लामिछाने अहिले कास्की कारागारको हिरासतमा छन् । उनले यसै बेला पोखरामा ६४०० भन्दा बढीमा डेङ्गुको सङ्क्रमण भएको भन्दै गृहमन्त्रीलाई सामाजिक सञ्जाल फेसबुकमार्फत ध्यानाकर्षण गराएकी हुन् । 

उनले यथाशीघ्र देशभरिका सम्पूर्ण थुनुवा कक्ष तथा कारागारहरूमा डेङ्गु नियन्त्रणका उपायहरू अपनाउने  समेत भनेकी छन् । 

यस्तो छ तोसिमाको स्ट्याटस 
‘माननीय गृहमन्त्रीज्यू, -देशै भरी मध्ये कास्कीमा डेङ्गुको सबैभन्दा धेरै सङ्क्रमण छ। कास्कीको ७५०० भन्दा बढी केस भएकोमा ६४०० भन्दा बढी त पोखरा महानगरमै रहेछ। कारागारमा थुनिएकाहरूको चाहिँ स्वास्थ्य सुरक्षा हेर्न नपर्ने हो र रु एउटा लामखुट्टे भगाउने धूप या लामखुट्टे भगाउने लिक्विडसम्म दिइएको रहेनछ। गृहमन्त्रीज्यूलाई अनुरोध गर्छु। यथाशीघ्र देशभरिका सम्पूर्ण थुनुवा कक्ष तथा कारागारहरूमा डेङ्गु नियन्त्रणका उपायहरू अपनाउने, लामखुट्टे भगाउने धूप तथा लिक्विड प्रदान गर्ने व्यवस्था गरियोस्। थुनामा रहेका तथा कारागारमा रहेकाहरू पनि नागरिक हुन्।’

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  १२ : ५९ बजे

कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा

एजेन्सी– उत्तर कोरियाले दक्षिण कोरियामाथि व्यापक सैन्य आक्रमण गरेको कथावस्तु

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

राँझा– जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७

इजरायलमा चुनावअघि नेतान्याहू सरकारविरुद्ध हजारौँको प्रदर्शन

काठमाडौँ– इजरायलमा संसदीय निर्वाचन हुनुभन्दा तीन दिनअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको

दसैंमा कालीमाटीमा २८ लाख किलो कृषि उपज भित्रियो, हरियो तरकारी सबैभन्दा धेरै

काठमाडौं – दसैंको मुख्य अवधिमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी

रियाद विमानस्थलमा उडान सुरु, थप आक्रमण गर्ने हुथीको चेतावनी

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी राजधानीमा आक्रमण गरेपछि दुई सातासम्म