अवैध सुनसहित न्यूरोडबाट दुई भारतीय नागरिक समातिए « Khabarhub

अवैध सुनसहित न्यूरोडबाट दुई भारतीय नागरिक समातिए


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अवैध रूपमा सुनको कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२५ बाङ्गेमुढा बस्ने भारत पश्चिम बंगाल कलकत्ता पश्चिम मेदिनीपुर ठेगाना भएका ३५ वर्षीय प्रशन्जित बेरा र भारत पश्चिम बंगाल मेदनापुर समङ थाना ठेगाना भएका ३० वर्षीय आनन्द साहु रहेका छन् ।

काठमाडौं न्यूरोड लगायत विभिन्न स्थानहरूमा अवैध रूपमा भन्सार छली गरिएका बिल बिजक बिनाका सुन बिक्री वितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले आनन्दलाई ११६.४५ ग्राम सुनसहित काठमाडौं न्यूरोडबाट बुधबार पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा उक्त सुन प्रशन्जितको रहेको भन्ने खुल्न आएपश्चात् प्रशन्जितलाई समेत बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  २ : १२ बजे

तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए

हुम्ला– हुम्ला हुँदै हिन्दूहरूको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन

रास्वपा भोजपुरको सभापतिमा भुजेल

भोजपुर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भोजपुरको सभापतिमा ख्याम भुजेल निर्वाचित

बयलगाडाले किचेर घाइते बालकको मृत्यु

बरहथवा– सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज उपचारका क्रममा मृत्यु भएको

कास्की प्रहरीको ‘स्विप अप्रेसन’, ४० जना कारबाहीमा

गण्डकी– समाजमा अवैध गतिविधि, गुण्डागर्दी र शान्तिसुरक्षामा खलल पुर्‍याउने कार्यविरुद्ध जिल्ला

प्रधानमन्त्री शाहको ‘फेसबुक पोस्ट’ले सामाजिक सञ्जालमा बहस

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमा राखेको एउटा