सरकार सही दिशातर्फ उन्मुख छ : मन्त्री गुरुङ « Khabarhub

सरकार सही दिशातर्फ उन्मुख छ : मन्त्री गुरुङ


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार गठनको सय दिनमा ७० प्रतिशत कार्य सम्पादन गर्नुले सरकार सही दिशातर्फ अघि बढेको बताए  ।

सरकारको प्रवक्ता समेत रहेका मन्त्री गुरुङले आज मन्त्रालयमा यही कात्तिक ८ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै भने, ‘सत्ता गठबन्धनले सय दिनमा ७० प्रतिशत कार्य सम्पादन गर्नुले ‘मर्निङ सोज द डे’भन्ने सङ्केत गर्छ ।’

उनले पुँजीगत खर्च वृद्धि हुँदै जानु, आर्थिक विकासमा सुधार आउनु, सहकारी ठगीमाथि छानबिन गर्नु, दुग्ध किसानलाई रकम भुक्तानी गर्नु, निर्माण व्यवसायीलाई रकम भुक्तानी गर्नु, बाढीपीडितलाई पर्याप्त राहत प्रदान गर्नु लगायतका महत्त्वपूर्ण कार्य सरकारले समयमै सम्पन्न गरेको बताए  ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई अब हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पुर्जा र राहदानी स्टिकर छपाइ गर्न स्वीकृति दिएको बताए ।

यस्तै बबई सिँचाइ आयोजनाका लागि बर्दियाको गुलरिया नगरपालिकामा करिब ६५ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने, यही कात्तिक २१ गतेदेखि २७ सम्म मेक्सिकोमा दुई पक्षीय र बहुपक्षीय बैठकमा सहभागी हुन कृषि तथा पशुपन्क्षी विकासमन्त्रीलाई स्वीकृति प्रदान गर्ने मन्त्री गुरुङले बताए  ।

त्यस्तै, पाँचथरको फालेलुङ गाउँपालिका–५ मा भएको विस्फोटमा परी मृत्यु भएका दिप्सन साँवा र प्रिन्सा साँवाको परिवारलाई प्रतिपरिवार बिल बमोजिम बढीमा पाँच लाख रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराउने,  स्लोभानियासमेतका विभिन्न ११ स्थानका अवैतनिक वाणिज्यदूत/महावाणिज्यदूतको पदावधि एक अवधि (चार वर्ष) का लागि थप गर्ने, कात्तिक ३१ गतेदेखि १५ सम्म कतारमा आयोजना हुने ‘फेमली एण्ड कन्टेम्प्रअरी मेगाट्रेन्डस’ विषयक सम्मेलनमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने, ठूलो खोला जलविद्युत् आयोजनाको २२० केभी प्रसारण लाइन आयोजना निर्माणका लागि म्याग्दीको रघुगङ्गा गाउँपालिकामा रहेको राष्ट्रिय वनको कूल ६.०६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने मन्त्रिपरिषद्ले निर्णय रहेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत सञ्चालित तराई–मधेश समृद्धि कार्यक्रमअन्तर्गत आव २०८१/८२ का लागि अधिकृतस्तरका तीन अस्थायी दरबन्दी स्वीकृत गर्ने, सीमा प्रशासन कार्यालय व्यास छाङरु, दार्चुला, सीमा प्रशासन कार्यालय पशुपतिनगर, इलाम र अध्यागमन कार्यालय पशुपतिनगर इलाम खारेज गर्ने, साथै अध्यागमन कार्यालय कोरोला, मुस्ताङ, अध्यागमन तथा सीमा प्रशासन कार्यालय तिङ्कर, दार्चुला र अध्यागमन तथा सीमा प्रशासन कार्यालय पशुपतिनगर, इलामको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने, नेपाल फार्मेसी परिषद्को सदस्य पदमा डा सभ्यता गौतम, काठमाडौँ र विष्णुप्रसाद कँडेल, बागलुङलाई मनोनयन गर्ने सरकारले निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ६ : ४० बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको