मुलुकको विकास र समृद्धिका लागि अनुशासित नागरिक बन्न आवश्यक : महासचिव पोखरेल « Khabarhub

मुलुकको विकास र समृद्धिका लागि अनुशासित नागरिक बन्न आवश्यक : महासचिव पोखरेल


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि अनुशासित नागरिक बन्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

अखिल नेपाल महिला सङ्घ काठमाडौंले शुक्रबार आयोजना गरेको ‘नारी सङ्कल्प’ विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले सामाजिक अराजकता विकास र समृद्धिको बाधक रहेको बताए ।

समाजमा सांस्कृतिक मूल्य र मान्यताको विघटन तीव्र गतिमा भइरहेकाप्रति चिन्ता व्यक्त गर्दै महासचिव पोखरेलले भने, ‘जातीय अतिवादले हाम्रो मौलिक संस्कृतिमाथि प्रहार गरिरहेको छ । हिजो मिलेर संस्कृति निर्माण गरेको समुदाय आज संस्कृतिलाई भागबण्डा लगाउने सङ्कीर्ण मान्यताको सिकार भएका छन् । जसले हाम्रो मौलिक धरातललाई कमजोर बनाइरहेको छ ।’

उनले धार्मिक अतिवादका नाममा हाम्रो सनातन संस्कृतिलाई कमजोर बनाउने काम भइरहेकाले नेपालको मौलिक संस्कृतिलाई संरक्षण र जगेर्ना गर्नुपर्ने आवश्यकता रहेको बताए  ।

महासचिव पोखरेलले मुलुकलाई स्थायित्वको दिशातिर लैजान र अर्थतन्त्र बिग्रँदा हतोत्साहित र निराश भएका उद्योगी व्यवसायीलाई उत्साहित बनाई समग्र अवस्था सुधार्न संसदका दुई ठूला पार्टी मिलेर सरकार बनाइएको धारणा राखे ।

‘लोकतन्त्रमा दुई वटा ठूला पार्टी मिलेर सरकार बनाउने कुरा सामान्यता अस्वाभाविक मानिन्छ तर मुलुकमा जुन खालको परिस्थिति उत्पन्न भएको छ’, उनले अगाडि भने, ‘त्यो परिस्थितिलाई सामना गर्न र मुलुकलाई स्थायित्व प्रदान गर्नका लागि संवैधानिक कानुनी र संरचनागत सुधारको नेतृत्वका लागि दुई पार्टी मिलेर जानुपर्दछ भन्ने मान्यताका आधारमा हामी अगाडि बढ्ने प्रयत्न गरिरहेका छौँ ।’

महासचिव पोखरेलले पार्टीलाई निर्णायक शक्ति बनाउनका लागि महिलाको भूमिका थप सशक्त बनाउन आवश्यकता रहेको धारणा राखे । महिलाको सहभागिता राजनीतिमा ३३ प्रतिशतभन्दा माथि जान नसकेकाले सुधारका लागि पहल गर्नुपर्नेमा जोड दिए ।

सङ्घका अध्यक्ष टुका हमाललगायतले आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ७ : ०५ बजे

‘मृत्युका लागि तयार छु’ भन्दै भावुक बने लकी अली, यात्रामा कफन समेत बोकेर हिँड्ने खुलासा

काठमाडौं- भारतीय संगीतप्रेमीमाझ आफ्नो फरक पहिचान बनाएका गायक तथा अभिनेता

शेखर गोल्छालाई धरौटीमा छाड्दा विशेष अदालतले लिएका ६ मुख्य आधार

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा उद्योगी शेखर गोल्छालाई १

अमेरिकी विदेश मन्त्रालयबाट एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

एजेन्सी– अमेरिकी विदेश मन्त्रालयले आप्रवासन नियन्त्रणलाई कडा पार्ने प्रशासनको व्यापक

प्रदेश सरकारबारे ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकार गठन

घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए

पोखरेबगर– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा