धरानको बीपी बर्न अस्पताल पुनः सञ्चालन हुँदै « Khabarhub

धरानको बीपी बर्न अस्पताल पुनः सञ्चालन हुँदै


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको धरान उपमहानगरपालिकास्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘बर्न अस्पताल’ सञ्चालनको तयारी गरिएको छ । सञ्चालन भएर बन्द भएको अस्पताललाई पुनः सञ्चालन गर्ने तयारी भएको बीपी प्रतिष्ठानका सहप्रवक्ता डा. अभिजित कुमारले जानकारी दिए ।

जलेका बिरामीलाई उपचारका लागि छुट्टै सेन्टर सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । आगलागी वा अन्य कुनै दुर्घटनामा जलेका बिरामीलाई सहज होस् तथा उपचार अभावका कारणले अकालमा ज्यान गुमाउन नपरोस् उद्देश्यले अस्पताल सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।

जलेका बिरामीको उपचारका लागि छुट्टै भवन निर्माण गरेर ३० शय्याको बर्न सेन्टर सञ्चालनमा ल्याउन लागेको उनको भनाइ छ । बर्न सेन्टरका लागि आवश्यक जनशक्ति व्यवस्थापन भइसकेको र भौतिक पूर्वाधारको कामसमेत अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । सबै तयारी अन्तिम चरणमा पुगेकाले अबको एक महिनाभित्रमा सेन्टर सञ्चालनमा आउने प्रतिष्ठानका सहप्रवक्ता डा. अभिजित कुमारले बताए ।

तत्काल ३० वटा शय्या भएको बर्न अस्पताल सञ्चालन गर्ने तयारी भएको र अहिले २० वटा जनरल शय्या तयारी भइसकेको र बाकी १० वटा शय्यामा आइसियु र गम्भीर किसिमका बर्नका बिरामीको उपचारका लागि व्यवस्थापन गर्ने तयारी भएको प्रवक्ता अभिजितले जानकारी दिए ।

अस्पतालमा लिफ्टका लागि ‘टेन्डर’ आह्वान गरिसकेको छ । बर्नका बिरामी ‘सिजनल’ आउने गरेकाले बिपीमा ३० वटा शय्याले पुग्ने उनले बताए ।

धरानमा बर्न सेन्टर सञ्चालनमा आएपछि जलेका बिरामीलाई उपचारका लागि सङ्घीय राजधानी धाउनुपर्ने बाध्यता अन्त हुने उनको भनाइ छ । यहाँ सुनसरीसहित कोशी प्रदेश र मधेश प्रदेशका जनकपुरसम्मका बिरामीले सेवा लिने प्रतिष्ठानका सहप्रवक्ता डा अभिजितले बताए ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ६ : ३१ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको