धरानको बीपी बर्न अस्पताल पुनः सञ्चालन हुँदै « Khabarhub

धरानको बीपी बर्न अस्पताल पुनः सञ्चालन हुँदै


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको धरान उपमहानगरपालिकास्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘बर्न अस्पताल’ सञ्चालनको तयारी गरिएको छ । सञ्चालन भएर बन्द भएको अस्पताललाई पुनः सञ्चालन गर्ने तयारी भएको बीपी प्रतिष्ठानका सहप्रवक्ता डा. अभिजित कुमारले जानकारी दिए ।

जलेका बिरामीलाई उपचारका लागि छुट्टै सेन्टर सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । आगलागी वा अन्य कुनै दुर्घटनामा जलेका बिरामीलाई सहज होस् तथा उपचार अभावका कारणले अकालमा ज्यान गुमाउन नपरोस् उद्देश्यले अस्पताल सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।

जलेका बिरामीको उपचारका लागि छुट्टै भवन निर्माण गरेर ३० शय्याको बर्न सेन्टर सञ्चालनमा ल्याउन लागेको उनको भनाइ छ । बर्न सेन्टरका लागि आवश्यक जनशक्ति व्यवस्थापन भइसकेको र भौतिक पूर्वाधारको कामसमेत अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । सबै तयारी अन्तिम चरणमा पुगेकाले अबको एक महिनाभित्रमा सेन्टर सञ्चालनमा आउने प्रतिष्ठानका सहप्रवक्ता डा. अभिजित कुमारले बताए ।

तत्काल ३० वटा शय्या भएको बर्न अस्पताल सञ्चालन गर्ने तयारी भएको र अहिले २० वटा जनरल शय्या तयारी भइसकेको र बाकी १० वटा शय्यामा आइसियु र गम्भीर किसिमका बर्नका बिरामीको उपचारका लागि व्यवस्थापन गर्ने तयारी भएको प्रवक्ता अभिजितले जानकारी दिए ।

अस्पतालमा लिफ्टका लागि ‘टेन्डर’ आह्वान गरिसकेको छ । बर्नका बिरामी ‘सिजनल’ आउने गरेकाले बिपीमा ३० वटा शय्याले पुग्ने उनले बताए ।

धरानमा बर्न सेन्टर सञ्चालनमा आएपछि जलेका बिरामीलाई उपचारका लागि सङ्घीय राजधानी धाउनुपर्ने बाध्यता अन्त हुने उनको भनाइ छ । यहाँ सुनसरीसहित कोशी प्रदेश र मधेश प्रदेशका जनकपुरसम्मका बिरामीले सेवा लिने प्रतिष्ठानका सहप्रवक्ता डा अभिजितले बताए ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ६ : ३१ बजे

सिटबेल्ट नलाउने गृहमन्त्री र प्रधानमन्त्रीलाई कारबाही किन हुँदैन : शाही 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले ट्राफिक

यू-१९ महिला प्रिमियर कप: हङकङलाई १८१ रनले हराउँदै नेपाल समूह विजेता

काठमाडौँ – एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले लगातार तेस्रो

चुमनुब्री गाउँपालिकाको राजस्व दुई करोड

गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले आन्तरिक राजस्व सङ्कलनमा उल्लेखनीय फड्को

संसद्‍मा उठ्यो त्रासदीपूर्ण पार्किङको विषय : एक लाख जरिवाना गर्न माग

काठमाडौं– सोमबार विभिन्न सञ्चारमाध्यम र सार्वजनिक स्थानमा गरिएको सरकार संरक्षित

सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–फल्लेघर खण्ड ग्राभेल

बागलुङ– राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकअन्तर्गत बागलुङको बुर्तिबाङ–फल्लेघर खण्डमा २२