अस्ट्रेलियामा विमान दुर्घटना, दुई जनाको मृत्यु « Khabarhub

अस्ट्रेलियामा विमान दुर्घटना, दुई जनाको मृत्यु


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अस्ट्रेलियाको  सिड्नी देखि दक्षिणपश्चिम क्षेत्रमा शनिबार भएको  विमान दुर्घटनामा परी दुई जनाको मृत्यु भएको अस्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु) राज्यको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सिड्नीको बाहिरी दक्षिणपश्चिममा दुईवटा हल्का विमानहरू ठोक्किएर दुर्घटना ग्रस्त भएका थिए । सर्वसाधारणको सुरक्षालाई ध्यानमा राखी दुर्घटनाग्रस्त क्षेत्रबाट  टाढा रहन आग्रह गर्दै थप जानकारीको लागि अनुसन्धान भइरहेको एनएसडब्लु प्रहरीले  उल्लेख गरेको छ ।  

घटनास्थलमा एनएसडब्लु प्रहरी, अग्नि नियन्त्रक र एनएसडब्लु एम्बुलेन्स उपस्थित रहेको जनाइएको छ ।

अस्ट्रेलियन ट्रान्सपोर्ट सेफ्टी ब्युरोले दुर्घटनाको कारणबारे थप अनुसन्धान गर्ने एनएसडब्लु प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  १२ : ३१ बजे

कस्तो आउला मौद्रिक नीति ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि नयाँ मौद्रिक

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौं- कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापक रूपमा फैलिएको छ

‘सेलिब्रटीलाई अपराध गर्न छुट हो ?’

काठमाडौं- नाबालिग तथा विभिन्न युवतीसँग अवाञ्छित संवाद गरेको स्क्रिनसट सामाजिक

लोकतन्त्र र वामपन्थी आन्दोलन सिध्याउन भदौ २३ र २४ गते प्रतिगामी षडयन्त्र भयो : ओली

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत

नक्कली औषधि फेला परेपछि स्वास्थ्य मन्त्रालयद्वारा बजार अनुगमन, १५ भन्दा बढी फार्मेसीलाई कारबाही

काठमाडौं– सेरोफ्लो रोटाक्याप्स २५० नामक नक्कली औषधि बजारमा फेला परेपछि