सरकार जनहितविपरीत गतिविधिमा लागेपछि खबरदारी सभा : नारायणकाजी श्रेष्ठ « Khabarhub

सरकार जनहितविपरीत गतिविधिमा लागेपछि खबरदारी सभा : नारायणकाजी श्रेष्ठ


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकार जनताको हितविपरीतका गतिविधि गरिरहेकाले पार्टीले खबरदारी सभा आयोजना गरेको बताएका छन् । 

काठमाडौंको प्रदर्शनी मार्गमा जारी खबरदारी सभा सम्बोधनका क्रममा उनले सरकारका जनहितविपरीतका गतिविधि रोक्न माओवादीले खबरदारी सभा आयोजना गरेको बताए ।

उपाध्यक्ष श्रेष्ठले सत्तारुढ पार्टीहरू, ती पार्टीका नेताहरू र सरकार निजी स्वार्थ केन्द्रित र भ्रष्टाचारको प्रक्रियालाई अगाडि बढाउने काममा लागेको पनि आरोप लगाए ।

‘खबरदारी सभा सत्तारुढ पार्टीहरू, तीनका नेताहरू र सरकार पार्टीहित केन्द्रित, निजी स्वार्थ केन्द्रित र भ्रष्टाचारको प्रक्रियालाई अगाडि बढाउने, कुशासनको प्रक्रियालाई अगाडि बढाउने देश, जनताको हितविरुद्धको गतिविधि गरिरहेको परिप्रेक्ष्यमा त्यसको विरुद्ध जनदवाव दिन र त्यसलाई रोक्न र असफल पार्न आज हामीले विशाल खबरदारी सभा आयोजना गरेका हौँ,’ उनले भने ।

 उपाध्यक्ष श्रेष्ठले सरकारको भ्रष्टाचारविरुद्धको अभियान रोकेर भ्रष्टाचारी जोगाउन कांग्रेस–एमालेले प्रचण्ड नेतृत्वको सरकार ढालेको दाबी गरे । 

‘भ्रष्टाचारविरुद्धको अभियनलाई रोक्न, भ्रष्टाचारीहरूलाई जोगाउन र आफूलाई भ्रष्टाचार गर्ने थलो पाउँ भनेर हाम्रो सरकार ढालेर यो सरकार खडा गरिएको त प्रष्ट नै छ,’ उनले भने ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  २ : ५४ बजे

सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल (तस्बिरहरू)

काठमाडौं– सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा छुटेका नेकपा

नेपालको चौथो विकेट पतन, १० बलमा चार रन जोडेका डा. पाण्डे आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले चौथो विकेट

स्वर्णिम वाग्ले भन्छन्- करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई त्रसित बनाएर होइन, सेवा र

‘नेपालको राजनीतिबाट तर्क र विवेक हरायो, संसद् नै अहंकार र गाली गर्ने थलो बन्यो’

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकको राजनीतिमा

नेपालका स्थानीय उत्पादन संरक्षण गर्न कानुन ल्याइन्छ : मन्त्री यादव

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसँग खाद्य तथा कृषि