ट्रम्पविरुद्ध मिचेल ओबामा आक्रामक : मानसिक स्वास्थ्यमा समस्या आएको आरोप « Khabarhub

ट्रम्पविरुद्ध मिचेल ओबामा आक्रामक : मानसिक स्वास्थ्यमा समस्या आएको आरोप


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसको साथमा वकालत गर्दै पूर्व अमेरिकी प्रथम महिला मिचेल ओबामा आक्रामक रूपमा प्रस्तुत भएकी छिन्।

मिचिगनमा भएको कार्यक्रममा उनले डोनाल्ड ट्रम्पबाट अमेरिकालाई जोगाउन आवश्यक रहेको बताएकी हुन्। मिचिगनमै ट्रम्पले अरब अमेरिकनसँग भेट गर्दै आफूहरूले मात्र परिवर्तन गर्न सक्ने बताए।

निर्वाचन हुन केही दिन मात्र बाँकी रहँदा हरेक सर्वेक्षणले मिचिगनमा तीव्र प्रतिस्पर्धा देखाएको छ। मिचिगनमा १५ इलेक्ट्रोल मत छ।

सन् २०२० मा जो बाइडेनले दुई दशमलव ७८ प्रतिशत बढी तथा एक लाख ५० हजार मत बढी पाएका थिए। सोही राज्य उनको जितमा लागि एउटा मुख्य आधार बनेको थियो। सन् २०१६ मा ट्रम्पले सोही राज्यमा हिलारी क्लिन्टनलाई ०.२३ प्रतिशतले पछि पारेका थिए।

हजारौँ जनाको भिडमा बोल्दै ओबामाले ट्रम्पको अनियमित व्यवहारले मानसिक स्वास्थ्यमा समस्या आएको कुरामा जोड दिइन्। उनले ट्रम्पको जितले गर्भपतनसम्बन्धी अधिकार लगायत यावत विषयमा धेरै प्रभाव पार्ने कुरामा जोड दिइन्। मिचिगनमै ट्रम्पले आप्रवासी, अर्थतन्त्र र ऊर्जा विषयमा जोड दिएका छन्।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ७ : ०२ बजे

प्रधानमन्त्रीले गल्ती नसच्याएसम्म संकट समाधान हुँदैन : एमाले

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रधानमन्त्रीले

स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना गर्ने सरकारको तयारी, दुरुपयोग रोक्न अर्थमन्त्रीको जोड

काठमाडौं- सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरी वास्तविक बीमाको अवधारणा

एमसिए-नेपालले गर्‍यो दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण कार्य सुरु

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले बुधबार मिलेनियम च्यालेञ्ज

खुश्बुलाई गृहमन्त्रीको आश्वासन : प्रक्रियामा जानुहोस्, कारबाही अघि बढ्छ 

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा सांसद खुश्बु ओलीले आफूलाई ज्यान मार्ने धम्की

रविलाई आङ्देम्बेको प्रश्न- दिल्लीमा पुग्दा किन सीमा र कालापानीको उच्चारण नगरेको ? 

काठमाडौं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रवि लामिछाने