चीनको युन्नान प्रान्तद्वारा ललितपुरलाई सामुदायिक बाथरुमसहितको परियोजना हस्तान्तरण « Khabarhub

चीनको युन्नान प्रान्तद्वारा ललितपुरलाई सामुदायिक बाथरुमसहितको परियोजना हस्तान्तरण


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको युन्नान प्रान्तले ललितपुर महानगरपालिकालाई जनकल्याणकारी परियोजना हस्तान्तरण गरेको छ ।

शुक्रबार ललितपुरमा आयोजित विशेष समारोहबीच ‘युन्नान कमर्सियल रिप्रेजेन्टेटिभ अफिस इन नेपाल’ले नगरपालिका-३ लाई ती योजना हस्तान्तरण गरेको हो ।

जसमा युनिसोलर शावर स्टेशन नामक सौर्य ऊर्जाबाट सञ्चालित सामुदायिक बाथरूम पनि छ । उक्त बाथरुममा पुरुष र महिलाका लागि ३–३ स्नान कोठा छन्, जहाँ दैनिक सयजनासम्मले नुहाउन सक्छन् ।

उक्त बाथरुममा चार हजार लिटर तातो पानीको सुविधा छ । उक्त पानी सौर्य ऊर्जाबाट तताउने व्यवस्था गरिएको छ ।

रुफटप फोटोभोल्टिक परियोजनाको क्षमता ३६ किलोवाट छ, जसले वार्षिक लगभग ६० हजार किलोवाट ऊर्जा उत्पादन गर्न सक्छ ।

समारोहमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सहयोगका लागि चिनियाँ पक्षप्रति आभार व्यक्त गरे । यो परियोजनाले स्थानीयलाई फाइदा हुने उनले बताए ।

उनले निकट भविष्यमा युन्नान प्रान्तसँग थप सहकार्य गर्न नगरपालिकाले प्रयास गरिरहेको जानकारी दिएका छन् ।

उक्त अवसरमा नेपालका लागि चिनियाँ राजदूत चेन सोङले चिनियाँ विकास मोडलमा आधारित यो परियोजनाले नेपाली जनताका लागि ठूलो महत्त्व राख्न सक्ने बताए ।

भाइब्रेन्ट भिलेज परियोजनाअन्तर्गत दुर्गम क्षेत्रमा कृषि, सौर्य ऊर्जा, विद्यालय सहयोग कार्यक्रमलगायत विभिन्न परियोजनामा चिनियाँ पक्ष संलग्न रहेको उनले जानकारी दिए ।

युन्नान प्रान्तीय सरकारको तर्फबाट नेपालमा युन्नान व्यावसायिक प्रतिनिधि कार्यालय सन् २०१५ मा स्थापना भएको हो । कार्यालयका निर्देशक याङ चेनफेङले सन् २०२२ देखि हालसम्म २ वटा मैत्रीपूर्ण पार्क, ३ वटा सौर्य ऊर्जा परियोजना, २ वटा पब्लिक शावर परियोजना र २ वटा स्कुल ब्याग डोनेसन परियोजना गरी ९ वटा जीविकोपार्जन परियोजना सकेको बताए ।

‘यी दुई परियोजनाले स्थानीयको जीवनस्तरमा सुधार ल्याउनेछ र रोजगारीका अवसरहरू सिर्जना गर्नेछ । साथै शहरको गुणस्तर पनि बढाउनेछ,’ याङले भने ।

परियोजना हस्तान्तरणपछि वडा नम्बर ३ का वडाअध्यक्ष श्रीगोपाल महर्जनले यसले चिनियाँ विकासलाई प्रतिबिम्बित गर्ने र अन्य ठाउँमा पनि यस्तै अभ्यास लागू गर्न पाठ सिक्न सकिने बताए ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  १ : ४२ बजे

आईपीएल : दिल्लीले ८ रनमै गुमायो ६ विकेट, तीन ब्याट्सम्यान शून्य रनमै आउट

दिल्ली – आईपीएल २०२६ को ३९औँ खेलमा दिल्ली क्यापिटल्स र

सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौं – सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक

पर्सामा २४ भारतीय ‘इलेक्ट्रिक स्कुटर’ नियन्त्रणमा

पर्सा – यहाँ जिल्लाका सहरी तथा ग्रामीण क्षेत्रबाट भन्सार छली

मन्त्रीहरूमाथि प्रधानमन्त्रीको हस्तक्षेप छैन : ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ

काठमाडौं- ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री विराजभक्त श्रेष्ठ २०७९ को

बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ

ढाका – बङ्गलादेशले एक संदिग्ध आतङ्ककारी र दुई पूर्व सैनिकको