अनुमति नवीकरण नगरी आएको थाइ एयर एसियाको जहाजलाई ‘मानवीयता’का आधारमा अवतरण गराइयो | Khabarhub Khabarhub

अनुमति नवीकरण नगरी आएको थाइ एयर एसियाको जहाजलाई ‘मानवीयता’का आधारमा अवतरण गराइयो


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा उडान अनुमति ‘एक्स्पायर’ (म्याद गुज्रिसकेको) थाई एयर एसियाको जहाजलाई मानवीयताका आधारमा काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गर्न अनमुति दिइएको छ।

नेपाल नागरिक उड्ययन प्राधिकरणले केही समय होल्ड गराएपछि बैंककबाट आएको उक्त जहाजलाई अवतरण अनुमति दिएको हो ।

काठमाडौंको आकाशमा एक दर्जन फन्को मारेपछि थाई एयर एसियाको उक्त जहाजला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो ।

नागरिक उड्ययन प्राधिकरण, त्रिभुवन विमानस्थल कार्यालयले जहाजमा सवार यात्रुको जिउज्यानको सुरक्षा र मानवीयताका आधारमा काठमाडौंमा अवतरण अनुमति दिइएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जहाजका यात्रुको सुरक्षालाई ख्याल गर्दै विमानस्थलमा अवतरण अनुमति प्रदान गरिएको बताए ।

भूलले थाई एयरको उक्त जहाजको उडान अनुमति समय सीमा नाघिसकेको छ । तर अहिलेसम्म उसले नवीकरण गरेको थिएन । अनुमति नदिँदा पनि अवतरणका लागि यो जहाज आएको हो ।

लामो समय होल्ड भएपछि यात्रुको जिउ ज्यानको सुरक्षाका लागि अवतरण गराइएको हो । भूलका अनुसार अब यो जहाज चार्टर्ड उडान गरेर बैंकक जाने छ । उडान अनुमति नवीकरण नगरेसम्मलाई उडान अनुमति नदिने चलन छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ४ : ४२ बजे

विश्वकप लिग–२ : अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं – आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा

विषयगत समिति नेतृत्वविहीन हुँदा काम प्रभावित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशसभामा विषयगत समितिका सभापति लामो समयदेखि नेतृत्वविहीन

छोरी–ज्वाईंसहित सुटुक्क काभ्रे पुगे प्रचण्ड

काभ्रे– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुटुक्क काभ्रे

गोल विवादले नेपाल र भारतबीचको खेल अवरुद्ध

काठमाडौं – नेपाल र भारतबीचको साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेलमा

नेपाली महिला यू–१९ टिमले दिल्लीमा चार अभ्यास खेल खेल्ने

काठमाडौं – नेपाली महिला यू–१९ क्रिकेट टिमले विश्वकपको एशिया क्वालिफायरको