इरानी सर्वोच्च नेता खामेनीले भने- इजरायलले गलत कदम चाल्यो « Khabarhub

इरानी सर्वोच्च नेता खामेनीले भने- इजरायलले गलत कदम चाल्यो


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले अक्टोबर २६ मा इजरायलले गरेको आक्रमणप्रति प्रतिक्रिया दिएका छन् ।

खामेनीले इजरायलले गलत कदम चालेको बताएका छन् । सामाजिक सञ्जालमा खामेनीले भनेका छन्- जियोनिस्ट शासनले दुई रातअघि गलत कदम चाल्यो। हामीले उनीहरूलाई इरानी जनताको शक्ति, दृढ संकल्प र पहलबारे बताउनुपर्छ ।’

इजरायलले इरानी सैन्य अखडाहरूमा हवाई आक्रमण गरेको थियो । यी आक्रमणमा चार इरानी सैनिकको मृत्यु भएको इरानले पुष्टि गरेको छ ।

यस महिनाको सुरुमा इरानले इजरायलमा करिब २०० मिसाइल प्रहार गरेको थियो । तर, इरानको आक्रमणमा इजरायललाई ठूलो क्षति पुगेको थिएन ।

इजरायलले इरानमाथि करिब सय मिसाइलले आक्रमण गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । इरानले भने इजरायलको सबै आक्रमणलाई असफल बनाएको दाबी गरेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ४ : ४९ बजे

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

भद्रपुर– जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय

सुनसरी-१ मा हर्कलाई भारी पर्न सक्छिन् गोमा, संकटमा कम्युनिस्ट विरासत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी लगायतको एकीकरण अफरलाई

केन्द्रीय कारागार छिरेका गृहमन्त्रीले भेटे टोपबहादुर र राजेश अहिराजलाई

काठमाडौं- गृहमन्त्री ओम प्रकाश अर्याल मंगलबार काठमाडौंस्थित दुई ठूला कारागार