अनुमतिबिना आएको आएको थाई एयर एसियालाई कारवाही « Khabarhub

अनुमतिबिना आएको आएको थाई एयर एसियालाई कारवाही


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-उडान अनुमतिबिना काठमाडौं आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ ।

आइतबार थाइल्याण्डबाट काठमाडौं आएको उक्त विमानलाई अवतरण गर्न दिएर कारबाही गरेको हो ।

विमानलाई आकाशमा करिब एक घण्टा ‘होल्ड’ गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न अनुमति दिइएको थियो ।

प्राधिकरणका अनुसार थाई एयर एसियाको उडान तत्कालका लागि निलम्बन गरिएको छ । नेपालको आधिकारिक एजेन्ट (जीएसए) पनि रद्द भएको छ ।

थाई एयर एसियाको उक्त विमानको शनिबारसमम्म मात्रै उडान अनुमति थियो । त्यहीकारण आइतबारको उडानलाई ‘विशेष चार्टर्ड’ उडानको अनुमति दिइएको छ ।

विशेष चार्टर्ड उडान अनुमति पाएको विमानले काठमाडौंबाट आजै यात्रु लिएर बैंकक फर्किने विमानस्थल कार्यालयले जनाएको छ ।

थाई एयर एसियाले अक्टोबर २६ अर्थात् कात्तिक १० गतेसम्मका लागि मात्रै उडान अनुमति लिएको थियो । प्राधिकरणले (२७ अक्टोबर २०२४ देखि ३१ मार्च २०२५) सम्मको उडान तालिका सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ५ : ४३ बजे

पोखरा ल्याइएका १९ शव सनाखतपछि आफन्तलाई बुझाइयो

कास्की– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न स्थानमा फेला

रसुवागढी हाइड्रोको पावरहाउसमा अझै कर्मचारी फसेको परिवारको दाबी, सेनाको खोजीमाथि उठ्यो प्रश्न

काठमाडौं- रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका रसुवागढी

न्युयोर्कमा छुरा प्रहारबाट एक जनाको मृत्यु, एक घाइते

एजेन्सी– न्युयोर्क सहरको व्यस्त स्थान टाइम्स स्क्वायर क्षेत्रमा भएको आक्रमणमा

गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन सुरु

काठमाडौं– कृषि विभागले गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन सुरु

पोखरामा ७६ वटा शव जमिनमुनि व्यवस्थापन (तस्बिरहरू)

पोखरा– बाढी प्रभावितसहित विभिन्न जिल्लाबाट पोखरा ल्याइएका ७६ वटा शव जमिनमुनि