विपत् प्रभावित बेथानचोक गाउँपालिकालाई अष्ट्रेलियाबाट सहयोग « Khabarhub

विपत् प्रभावित बेथानचोक गाउँपालिकालाई अष्ट्रेलियाबाट सहयोग


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अष्ट्रेलियामा रहेका नेपाली र अष्ट्रेलियन नागरिकले विपत्‌ प्रभावित काभ्रेको बेथानचोक गाउँपालिकालाई सहयोग गरेका छन् ।

बेथानचोक घर भएका अष्ट्रेलिया निवासी सुबोध अधिकारीको पहलमा त्यहाँ रहेका नेपाली र अष्ट्रेलियन नागरिक समेतबाट सङ्कलिन तीन हजार १६८ डलर (तीन लाख ९६० रुपैयाँ) बेथानचोक गाउँपालिकालाई सहयोग गरिएको हो ।

मङ्गलबार एक कार्यक्रमबीच स्थानीय पवन अधिकारी र शङ्कर पराजुलीले उक्त रकम गाउँपालिका अध्यक्ष भगवान अधिकारीलाई हस्तान्तरण गरेका हुन्‌ ।

गाउँपालिका अध्यक्ष अधिकारीले सबैको साथ र सहयोगले बेथानचोकलाई पुरानै लयमा फर्काउने प्रतिबद्धता जनाए । हस्तान्तरण कार्यक्रममा वडा नं २ का अध्यक्ष पुरुषोत्तम तिमिल्सना, वडा नं ३ का अध्यक्ष कुवेर ढकाल, वडा नं २ का वडा सदस्य नारायण तिमल्सिना र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी लगायत उपस्थित थिए ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ९ : २३ बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया