विश्वकप लिग २ : अमेरिकासँगको पहिलो खेलमा नेपाल पराजित « Khabarhub

विश्वकप लिग २ : अमेरिकासँगको पहिलो खेलमा नेपाल पराजित

काम लागेन कप्तान पौडेलको ९६ रन र कुशल भुर्तेलको चार विकेट


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको पहिलो खेल नेपालले गुमाएको छ । नेपाल बलर सन्दीप लामिछाने नचल्दा नेपालले अमेरिकासँगको पहिलो खेल गुमाएको हो । ९ ओभर बलिङ गर्दा सन्दीपले विकेट लिन सकेनन्।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले ४९.४ ओभरमा २९१ रन बनाउँदै ३ विकेटको जित निकालेको हो ।

अमेरिकाको जितमा शायन जहाँगीरले शतक प्रहार गरे। उनले ९७ बलमा १०४ रन बनाएका हुन्। मोनाङक पट्टेल र हरमित सिंहले अर्धशतक बनाए।

नेपालका लागि सन्दीप लामिछाने नचलेको बलिङ लाइनमा कुशल भुर्तेलले चार विकेट लिए। ६ ओभर बलिङ गर्दा मात्र २३ रन खर्चिएर उनले चार विकेट लिएका हुन्। सोमपाल कामीेले दुई विकेट लिँदा ललित राजवंशीले एक विकेट हात पारे।

टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले ९६रनको शानदार अर्धशतकीय इनिङ पूरा गरेका थिए। उनले ७५ बलमा ८ चौका र तीन छक्का हिर्काएका थिए।

नेपालका ओपनरद्वय अनिल शाह र आशिफ शेखले अर्धशतक बनाए। अनिलले ५ चौकासहित ५६ रन बनाउँदा आशिफले ७ चौका र १ छक्का हिर्काउँदै ५२ रन बनाए। आरिफ शेखले ३७ रन बनाएको खेलमा अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन्।

योसँगै नेपालले लिग- २ मा ९ खेलमा सात खेल गुमाएको छ। अमेरिका भने १० खेलमा सात जित निकालेको छ। तीन अंकसहित नेपाल तालिकाको सातौं स्थानमा छ भने अमेरिका १४ अंकसहित दोस्रो स्थानमा छ।

आइसिसी विश्वकप लिग–२ मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स (युएई) सम्मिलित छन् ।

नेपालले दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्ड, तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले अमेरिका र स्कटल्यान्डसँग दुई दुई खेल खेल्न लागेको हो।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ५ : ०२ बजे

बूढीगण्डकी बाढीले ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

गोरखा– बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको उद्धार : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री बालेन शाहले बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै