ट्रम्पको कार्यक्रममा विवादास्पद अभिव्यक्ति « Khabarhub

ट्रम्पको कार्यक्रममा विवादास्पद अभिव्यक्ति


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – लगातार विवादमा आउने डोनाल्ड ट्रम्पको अभिव्यक्ति मात्र होइन उनको चुनावी अभियानमा आयोजित कार्यक्रमसमेत विवादित भएको छ। पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृह नगर न्युयोर्क सिटीको मेडिसन स्क्वायरमा आयोजना गरेको कार्यक्रममा सञ्चालक सिड राजेनबर्गले ह्यारिसलाई लक्षित गर्दै तल्लो तहको अभिव्यक्ति दिए। ‘सी इज सम सिक बास्टर्ड, ड्याट हिलारी क्लिन्टन वुह्वाट सिक सन अप अ बिच’, उनले भने।

उनले ह्यारिसलाई घरबार विहीन भन्दै साँचो अमेरिकीहरू सेन्ट्रल पार्कको बेन्चमा बसी रहेको बताए। उनले ह्यारिसलाई लक्षित गर्दै पाउनु पर्ने सबै पाइसकेको कुरा समेत गरे।

अमेरिकी राष्ट्रपति पदको निर्वाचन नजिकिँदै जाँदा दुवै उम्मेदवार चुनावी अभियानमा व्यस्त छन्। सोही दिन कमला ह्यारिसले मुख्य मत स्विङ हुने राज्य पेनेसेल्भिनयामा कार्यक्रमको आयोजना गरेकी छिन्।

कमला ह्यारिसले अहिले गर्भपतनको विषयलाई जोडले उठाइरहेकी छिन्। पेनेसेल्भिनियाको कार्यक्रममा ह्यारिसले अमेरिकाका नागरिक सर्वाधिकार सुरक्षित रहेको भन्दै उनीहरूलाई भावनात्मक रूपमा एकीकृत गराउन आफूहरू सक्रिय भएको बताइन्।

ह्यारिसको पक्षमा मोडल तथा टिभी प्रस्तोता कृश टिगेनले एरिजोनामा भएको कार्यक्रममा बोल्दै सन् २०२० मा आफू गर्भवती भएको समस्यामा आएको जटिलताका कारण आवश्यक परेको गर्भपतनको अवस्थाका बारे जानकारी गराएकी थिइन्।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ८ : १६ बजे

आइतबार पनि काठमाडौंका मुख्य चोकमा सवारी चाप (तस्बिरहरू) 

काठमाडौं – इन्धन खपत घटाउने उद्देश्यले सरकारले शनिबारसँगै आइतबार पनि

वीरगञ्जमा अतिक्रमित संरचना भत्काउन सुरु

वीरगन्ज– सडक डिभिजन कार्यालय हेटौँडाले आज बिहानैदेखि वीरगञ्जमा मुख्य सडक

अमेरिकी सेनामा ठूलो क्षतिको डरले खार्ग टापुमा अपरेसनबाट पछि हटे ट्रम्प

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको खार्ग टापुमा प्रस्तावित सैन्य

होर्मुज बन्द हुँदा बंगलादेशमा इन्धन संकट, विश्वविद्यालय बन्द, कार्यालय समय घटाइयो

ढाका- होर्मुज स्ट्रेट बन्द हुँदाको असर बंगलादेशमा स्पष्ट देखिन थालेको

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो केन्द्रीय समितिको बैठक बोलाएको