सरकार कसैप्रति पूर्वाग्रही छैन : उपप्रधानमन्त्री सिंह | Khabarhub Khabarhub

सरकार कसैप्रति पूर्वाग्रही छैन : उपप्रधानमन्त्री सिंह


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकार विधिको शासन कायम गर्न लागिपरेको बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनले आज आयोजना गरेको दीपावली विशेष कार्यक्रममा उपप्रधानमन्त्री सिंहले उनले सरकार कसैप्रति पूर्वाग्रही नभएको प्रष्ट पारे ।

उनले भने, ‘कांग्रेस एमालेको संयुक्त सरकारले कसैप्रति द्वेषभाव राखेको छैन र राख्दैन पनि । सरकारले कसैलाई लखेट्नुपर्ने कारण छैन । सरकारले विधिको शासन कायम गर्दछ । विधिको शासन लागू गर्दा हामीलाई लागू हुनुहुँदैन । हामी नयाँ पार्टी हौँ भन्न मिल्छ ?’

उनले आफूलाई वैकल्पिक शक्तिहरू भन्नेहरुले कानुनको पालना गर्न नपर्ने भन्दै प्रश्न गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई लक्षित गर्दै उनले वैकल्पिक पार्टीमा इमान्दारिता नदेखिएको बताए । उनले भने, ‘हामी वैकल्पिक पार्टी हौँ भन्नेहरुको हविगत नदेखेको होइन । अघिल्लो चुनावमा आएका वैकल्पिकहरू अहिले कहाँ छन् ? अहिले आएकाहरूको पनि हालत त्यही हुने हो । यिनीहरूमा इमान्दारिता हुनुपर्दैन ?

सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने यतिबेला कास्की प्रहरीको हिरासतमा छन् । उनको रिहाईको माग गर्दै रास्वपा निरन्तर सडक आन्दोलनमा छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ११ : ५६ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक ८ गते शनिबार। कात्तिक

आज २०८२ साल कात्तिक ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ८ गते शनिबार। कात्तिक

छठपर्वमा सुरक्षाका लागि मधेशमा ‘अप्रेसन आस्था’ लागू

धनुषा- तराई मधेशको मुख्य पर्व छठलाई लक्षित गर्दै शान्ति सुरक्षाका

छठमा धाप ड्यामको पानी बागमतीमा बगाइने

काठमाडौँ- नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको रौनक सकिएसँगै अब भने