वनमन्त्री शाहीले जैविक विविधता अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै « Khabarhub

वनमन्त्री शाहीले जैविक विविधता अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कोलम्बियामा जारी जैविक विविधता महासन्धिसम्बन्धी १६औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप–१६) लाई आज सम्बोधन गरेका छन् ।

वन वातावरण मन्त्रिस्तरीय बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आइतबार त्यसतर्फ प्रस्थान गरेका थिए । कोलम्बियाको काली सहरमा यही अक्टोबर २६ देखि ३१ तारिखसम्म हुने सम्मेलनमा मन्त्री शाहीले आज र भोलि अक्टोबर २९ तारिखमा हुने उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

उनले ‘प्रकृति र शान्ति’ तथा ‘जैविक विविधता र वित्त’ विषयका दुई सत्रका छलफललाई सम्बोधन गर्नेछन् । मन्त्री शाही यही कात्तिक १७ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  १२ : ३० बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४