‘एलजी क्यूनेड टिभी’ सार्वजनिक, यस्ता छन् विशेषताहरू « Khabarhub

‘एलजी क्यूनेड टिभी’ सार्वजनिक, यस्ता छन् विशेषताहरू


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सको एलजी ब्रान्डले ‘एलजी क्युनेड टिभी’ बजारमा सार्वजनिक गरेको छ ।

क्युनेड टीभीमा क्वान्टम डट र न्यानो सेल प्रविधि प्रयोग गरिएका छन् । यी दुई उन्नत डिसप्ले प्रविधिको मर्जर गरेर एलजी क्युनेड टिभी निर्माण गरिएको कम्पनीकाे दाबी छ । जसले अतुलनीय रंग गहिराइ, चमक र स्पष्टता प्रदान गर्दछ  ।

कम्पनीका प्रतिनिधि भन्छन्, ‘यी नवप्रवर्तनहरू उपभोक्ताहरूको बढ्दो मागलाई पूरा गर्नका लागि डिजाइन गरिएको हो । जसले अझ बढी प्रभावशाली र जीवन्त दृश्यहरू प्रदान गर्दछ ।’

समयअनुकूल परिमार्जित उच्च गुणस्तरको एलजी क्युनेड टीभीले नेपालको घरको मनोरञ्जनमा क्रान्ति ल्याउने कम्पनीको दाबी छ।

सिजी इलेक्ट्रोनिक्स कम्पनीका अनुसार एलजी ब्रान्डले आफ्नो प्रतिबद्धता अनुरूप उच्च गुणस्तरको दृश्य अनुभव प्रदान गर्दै विश्वव्यापी रूपमा हरेक घरको मनोरञ्जन क्षेत्रमा उत्कृष्टताका प्रदान गरेको छ।

एलजी क्युनेड टिभीका विशेषताहरू : 

– क्वान्टम डट र न्यानो सेल प्रविधिलाई मिलाएर सबैभन्दा तेज र जीवन्त राख्ने खालका दृश्य प्रदान गर्दछ ।

– स्मार्ट प्रविधिको विस्तार गर्दै अल्फा फाइभ एआई प्रोसेसर फोरके जेनेरेसन सेभेनु बाट हरेक फ्रेमलाई वास्तविक समयमा अनुकूलित गर्छ। नजिकको दृश्यमा एआई प्रोसेसरले चित्र र ध्वनिलाई स्वचालित रूपमा समायोजन गर्छ।

– ध्वनि प्रविधिमा भर्चुअल सराउन्ड साउन्डसहितको एआई साउन्ड प्रो उपलब्ध छ। यसले ब्लकबस्टर फिल्म होस् वा दर्शकको मन पर्ने टिभी शो होस् ती सबैमा ध्वनिलाई प्रभावशाली बनाउँछ ।

– एलजी क्युनेड टीभीले हाई डाइनामिक रेन्ज (एचडीआर) सपोर्ट गर्दछ, जसले कन्ट्रयास्ट र उज्यालोपनलाई बढाएर प्रत्येक दृश्यलाई अधिक गतिशील र रोचक बनाउँछ ।

– अँध्यारो दृश्यहरूमा उत्तम स्पष्टता प्रदान गर्नुका साथै प्रकाश स्तरलाई अनुकूल बनाउन लोकल डिमिङ प्रविधिको प्रयोग गरिएको छ।

– पुराना शो र फिल्महरू पनि ताजा र जोवन्त देखाउन एआई अपस्केलिंग तथा स्क्रिनको उज्यालोपन नियन्त्रण गर्न फोरके गुणस्तर उपलब्ध छ ।

– फिल्ममेकर मोडले चलचित्रको सिनेम्याटिक औथेन्टिसिटी जोगाउन मद्दत गर्दछ, जसले फिल्म र टिभी शोहरू सिर्जनाकर्ताले बनाएको मौलिक सिर्जना जस्ताको तस्तै देखिने सुनिश्चित गर्छ ।

– एलजीको ग्राहकलाई पछिल्लो प्राविधिक विकाससँग अद्यावधिक राख्ने निरन्तर प्रतिबद्धताको हिस्सा रूपमा, वेबओएस रिन्यु प्रोग्रामले ग्राहकले टिभी किन्ने पाँच वर्षसम्म वेबओएस अपडेटहरू प्राप्त गर्न सुनिश्चित गर्दछ । यसको अर्थ टिभीका ग्राहकहरूले हरेक वर्ष सफ्टवेयर अपडेटहरू अनुभव गर्नेछन्, जसले गर्दा उनीहरूको टिभी स्मार्ट, छिटो र सुरक्षित रहनेछ। यो पाँच वर्षको लागि हरेक वर्ष नयाँ टिभी पाउनु जत्तिकै हो ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ५ : ४४ बजे

झापा–२ निर्वाचन मतगणना अपडेट : रास्वपाकी इन्दिरा अगाडि

काठमाडौं– झापा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा निर्वाचनको मतगणना

चितवन–३ निर्वाचन मतगणना अपडेट : सोविता अग्र स्थानमा 

काठमाडौँ- चितवन–३ निर्वाचन क्षेत्रको प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मतगणना जारी

रुकुमपूर्व -१ मा प्रचण्ड तेब्बर भन्दा धेरै मतले अगाडि

काठमाडौं- रुकुमपूर्व १ मा नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्डले अग्रता

तनहुँ–१ निर्वाचन मतगणना अपडेट

तनहुँ– तनहुँ–१ मा प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ। हालसम्म

काठमाडौँका १५ क्षेत्रमध्ये १४ क्षेत्रमा रास्वपाको अग्रता

काठमाडौँ – बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमाको प्रारम्भिक नतिजा